सितापाइलालाई पहिलो स्थान

deepk sikhshya rai gold medalist1sitapaila firstt
सितापाइला तेक्वान्दो डोजांगले काठमाडौ जिल्ला स्तरीय डोर टु डोर तेक्वान्दो प्रतियोगितामा पहिलो भएको छ । दुइ दिने प्रतियोगितामा सीतापाइलाले चार स्वर्ण, १ रजत र दुइ काश्य पदक प्राप्त गर्यो । यसैगरी कोटेश्वर तेक्वान्दो डोजांगदोश्रो तथा बिजेश्वरी तेक्वान्दो डोजांग तेश्रो भए ।
प्रयिोगिताको महिला ३८ किलो तौल समुहमा रोसनी श्रेष्ठ,४० किलोमा सबिना पाण्डे, ४२ किलोमा दक्षिणा शाही, ४४ किलोमा बिनिता जोशी, ४६ मा सन्तोषी दाहाल,४९ मा रेजिना ठकुरी र ५२ किलोमा शुष्मा श्रेष्ठ पहिलो भए ।
आनन्दभुमी विद्यालयमा भएको प्रतियोगितामा महिलाको ५५ किलोमा मनीसा मगर, ५९ मा दिपपशखा राइ, ६३ मा आकृती कार्की र ७३ मा योजना भट्टराइ पहिलो भए ।
नया प्रतिभाको खोजी गर्ने उद्धेश्यले सञ्चालीत प्रतियोगितामा पुरुष ३८ किलोमा सर्बज्ञ मिया, ४२ किलोमा कपिल थापा, ४५ किलोमा अनीस गुरुंग र ४८ किलोमा सैलेस गीरी, पहिलो भए । ५१ मा निर्मल ठुकरी, ५५ मा अमृत चौधरी, ६३ मा विजय लामा र ६८ मा बिकेश श्रेष्ठ पहिलो भए । प्रतियोगिताका विजेता खेलाडीलाई प्रमुख अतिथी नेपाल तेक्वान्दो संघका उपाध्यक्ष भोज बहादुर शाहले पुरस्कार प्रदान गरे । कार्यक्रममा प्याब्सनका  अध्यक्ष लक्ष बहादुर केसी नेपाल तेक्वान्दो संघका सदस्य जर्नादन ढुंगेल नबीन श्रेष्ठ, बद्री घिमिरे र परिलता मल्लको पनि उपस्थिती थियो ।

Comment