चर्च ब्वाइज र एनआरटीको जित

Manoj Shiama
18 August, 2025 7:19 pm

एन्फा महिला लिग क्वालिफायरको सोमबार भएको खेलमा एनआरटी र चर्च ब्वाइज  युनाइटेड विजयी भएका छन् । चर्च ब्वाइजले एफसी रियललाई ६–०ले हरायो भने एआरटीले नेपाल खेलकुद क्लबलाई ३–१ले हरायो । 

एनआरटीले तीन गोल नै दोस्रो हाफमा गरेको थियो । ५२ औ मिनेटमा नेपाल खेलकुद क्लब यशोदा कुमारी चिरालको गोलमा अघि बढेको थियो । ७२ हौ मिनेटमा सजिना स्याङतानको बराबरी गोलमा खेलमा फकिएको एनआरटीका लागि ८१ औ मिनेटमा प्रतीक्षा ठकुरीले गोल गरेकी थिइन् । ८४ औ मिनेटमा सङ्गीता कुमारी मल्लले गोल गरिन् । प्रतीक्षा प्लेयर अफ द म्याच समेत घोषित भइन् । 

अर्को खेलमा चर्च ब्वाइजले पहिलो हाफमा ५ गोलको अग्रता लिएको थियो । सुजाता पालुङवा र आसिका थापाले समान २ गोल गरे । ममता तुमरोकले एक गोल गरिन् । दोस्रो हाफमा चर्च ब्वाइजका लागि वर्षा ओलीले गोल गरिन् । सुजाता खेलको प्लेयर अफ द म्याच घोषित भइन् ।