प्रादेशिक छनोट पार गर्दै महोत्तरीका खेलाडी काठमाडौँमा

Manoj Shiama
11 June, 2025 6:39 am

काठमाडौँमा जारी राष्ट्रपति रनिङ शील्डका लागि मधेस प्रदेशको छनोट सम्पन्न भएको छ । सो छनोटमा सफलता पाउँदै महोत्तरीका जेनिश कार्की ,क्याट्रिना फुयाँल र खगेन्द्र खत्री काठमाडौँमा पुगेको महोत्तरी जिल्ला तेक्वान्दो सङ्घको अध्यक्ष रजनी लामाले जानकारी दिइन् । 

प्रादेशिक छनोट तीन दिन चलेको थियो । पछिल्लो समय महोत्तरी जिल्ला तेक्वान्दो सङ्घ, सक्रिय सङ्घको रूपमा रहेको छ ।