मधेस स्तरीय तेक्वान्दोमा बारा पहिलो र  बर्दिबास नगरपालिका गौरी डाँडा दोस्रो 

Manoj Shiama
5 July, 2025 8:10 am

गौरी डाँडा डोजाङ , महोत्तरीको आयोजना तथा बर्दीबास नगरपालिकाको प्रायोजनमा सञ्चालित मेयर कप खुला मधेस प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगितामा बारा जिल्ला १२ स्वर्ण सहित पहिलो भएको छ । सो प्रतियोगितामा गौरी डाँडा तेक्वान्दो डोजाङले दोस्रो स्थान पायो । गौरी डाँडाले ६ स्वर्ण, १२ रजत तथा १५ कास्य पदक जितेको हो । यसै गरी, चन्द्र निगाहपुरले ३ स्वर्ण, ४ रजत तथा ५ कास्य सहित तेस्रो स्थान पायो । 

पछिल्लो केही वर्ष यता महोत्तरीका खेलाडीले  आफूलाई अब्बल साबित गरेका छन् । जिल्ला , प्रदेश र राष्ट्रिय स्तरमा समेत सो डोजाङका खेलाडीले सफलता पाएको महोत्तरी जिल्ला तेक्वान्दो संघकी अध्यक्ष रजनी लामा बताउछिन् ।बर्दिबास नगरपालिकाले दोस्रो स्थान पाउने डोजाङबाट गत राष्ट्रपति रनिङ शिल्डमा पदक पाउने खेलाडीलाई पनि सम्मान गरेको छ ।