मुवाँमा कक्षपति निर्विरोध

ganesh1

नेपाल मुवाँ संघको शनिबार सम्पन्न पहिलो साधारण सभाले गणेशलाल कक्षपतिको अध्यक्षतामा १४ सदस्यीय केन्द्रीय कार्यसमितिको निर्विरोध चयन गरेको छ ।
केन्द्रीय कार्यसमितिको उपाध्यक्षद्वयमा उमेशकुमार खड्का र नारायण प्रसाद पौडेल, महासचिवमा राजेश महर्जन, सचिवमा राजेन्द्र पाठक तथा कोषाध्यक्षमा पवित्रा पाण्डे रहेका छन् । भूपेश शाक्य, हरि वन, तेजविनोद पाण्डे, सन्तोष घलान, मीनबहादुर गुरुङ, राजकुमार लामा, भीमाश्रेष्ठ र अमर महर्जन सदस्यमा चयन भए ।

Comment