दिपेनको अध्यक्षतामा अखिल नेपाल चेस सङ्घ

Manoj Shiama
29 August, 2025 9:46 pm

अखिल नेपाल चेस सङ्घको प्रथम राष्ट्रिय चुनावी अधिवेशन शुक्रवार सम्पन्न भएको छ । सो चुनावी अधिवेशनले दिपेन राईलाई अध्यक्षमा चयन गरेको छ । यसै गरी, विजयवोध लावती, कृष्ण धामि र प्रकाश परियार उपाध्यक्ष भए । . अनिल शेर्पाली महासचिव भए भने रामकुमार मादेन, श्रीकृष्ण श्रेष्ठ, नारायण विष्ट,सविना लामगादे  र वर्षा राना मगर सचिव भए । कोषाध्यक्षमा प्रकाश रोक्का चुनिए । 

अन्जु शाह, निखिल दुलाल, प्रेम सुनार, विमल मगर, प्रिया सुनार,सुरेन्द्र बुढाथोकी,दीक्षा राई, रामचन्द्र सुनुवार, गगन लावती, ओमकार केसी, अशोक गुरुङ र रबी नकर्मी सदस्य भए । सल्लाहकार समितिमा  बिनय थापा ’क्षितिज’, डोल्मामाया गोले ’ललिता’, धनराम ओली , मनोज घिमिरे र  बबिदेवल पुन छन् ।

अधिवेशन अखिल अखिल नेपाल खेलकुद इन्चार्ज तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य दीपक कोइरालाको प्रमुख आतिथ्यमा भएको थियो । सो अवसरमा बोल्दै कोइरालाले माओवादी पार्टी खुला राजनीतिमा प्रवेश गरे यता माओवादी नेतृत्वको सरकार भएको समयमा मात्र खेलकुदले प्राथमिकता पाएको चर्चा गरे । साथै उनले माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले बजेट तुर्जमा गरे पनि माओवादी सरकारबाट हटे पछि १० औ राष्ट्रिय खेलकुदको आयोजना हुन नसकेको चर्चा गरे ।

कार्यक्रममा अखिल नेपाल खेलकुद महासङ्घका अध्यक्ष शिव कोइराला र महासचिव अञ्जन धमलाको साथमा नेपाल केन्पो मार्सल आर्टका अध्यक्ष हरि खड्काको पनि उपस्थिति थियो । साथै अखिल नेपाल खेलकुद महासङ्घका केन्द्रीय सदस्य मनोज घिमिरे र अमृत श्रेष्ठको पनि उपस्थिति  थियो ।