माहिका र विजय एथलेटिक्स फोरममा भाग लिने

Manoj Shiama
31 August, 2025 1:39 pm

टेनिसकी माहिका राणा र बास्केटबलका विजय बुर्जाले ओलम्पिक काउन्सिल अफ एसियाको आयोजनामा हुने एथलेटिक्स फोरममा भाग लिने भएका छन् । कार्यक्रम काजकिस्तानको अस्टानामा सेप्टेम्बर १ देखि ३ सम्म हुनेछ । 

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ आइतबार एक कार्यक्रमबिच बिदाइ गरे । उनले त्यस अवसरमा शुभकामना व्यक्त गर्दै कार्यक्रमबाट सिकेको नेपाली खेलकुदमा उपयोग गर्नु बताए  । 

बिदाइ कार्यक्रममा ओलम्पिक कमिटीका महासचिव राजीव श्रेष्ठ र ओलम्पिक कमिटीका सचिव एवं नेपाल बास्केटबल सङ्घका अध्यक्ष भीमसिंह गुरुङको पनि उपस्थित थियो ।