काव्य अन्तर विद्यालय फुटबल सुरु

Manoj Shiama
13 August, 2025 1:02 pm

दोस्रो काव्य  स्काउट कप अन्तर विद्यालय फुटबल प्रतियोगिता बुधवार सुरु भयो ।   शान्तिनगर फुटसलमा जारी ३ दिने प्रतियोगितामा १५ टोलीको सहभागिता रहेको काव्य स्कुलका खेलकुद इन्चार्ज सोनाम महर्जनले जानकारी दिए । प्रतियोगिता लिग कम नकआउटको आधारमा सञ्चालन भएको हो । प्रतियोगिताको काव्य स्कुलका संस्थापक तथा प्रिन्सिपल नवराज बास्कोटाले उद्घाटन गरे । 

उद्घाटनको अवसरमा खेलकुद मार्फत शारिरिक र मानसिक विकासका लागि स्काउट र खेलकुद लगायत अतिरिक्त क्रियाकलापले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए । उनले खेललाई जित र हारको रूपमा भन्दा बढी खेल भावनालाई प्राथमिकता दिनमा जोड दिए ।  प्रतियोगितामा सहभागी विद्यालयमा बाग्मती बोर्डिङ स्कुल,दिक्षालय, विद्या वाणी, पुष्पाञ्जली र  भानोदयका टोली छन् । आयोजक काव्य सहित एआइए, नोबेल र एसभीका टोली पनि सहभागी छन् ।