भारतले जित्यो उपाधि

Manoj Shiama
30 August, 2025 8:55 am

भारतले साफ यु–१७ महिला च्याम्पियनसिप २०२५ को उपाधि जितेको छ । भुटानमा भइरहेको प्रतियोगिताको लिग चरणको अन्तिम खेलअघि नै भारत च्याम्पियन बनेको हो । 

लगातार पाँचौँ जित निकाल्ने क्रममा शुक्रवार भारतले नेपालमाथि ५–० को सफलता पायो । प्रतियोगितामा नेपाल र भारतसहित भुटान र बङ्गलादेश सहभागी छन् । 

नेपालले प्रतियोगितामा आफ्ना पाँच मध्ये चार खेल गुमाइसकेको छ । नेपालले भारत र बङ्गलादेशसँग खेलेका दुवै खेल गुमाएको हो । 

पहिलो खेलमा भुटानलाई हराएको नेपालले  अन्तिममा भुटानसँग नै खेल्नेछ । यो खेलको विजेताले तेस्रो स्थानमा रहने टोलीको टुङ्गो लाग्नेछ । 

चार टोलीबिच भएको प्रतियोगिता डबल राउन्ड रोबिनको आधारमा भएको हो भने सर्वाधिक अङ्क जोड्ने टोली च्याम्पियन बन्ने व्यवस्था छ ।