रेगनलाई रजत


नेपालका रेगन श्रेष्ठले स्नुकर प्रतियोगितामा रजत जितेका छन् । क्वाटरफाइनलमा भारतका शिवम ओरारा तथा सेमिफाइनलमा भारतकै अमित क्षेत्रीलाई पराजित गर्दै रजत जितेको नेपाल बिलियर्ड, स्नुकर तथा पुल संघका अध्यक्ष सरोजकुमार मुल्मीले जनाएका छन् ।
फाइनलमा रेग भारतकै साबाज खानसंग पराजित भएका थिए । प्रतियोगितामा रेगनले प्रतियोगितामै सर्वाधिक ब्रेक गर्ने क्रममा ९७ अंक जोडेका थिए । भारतको कर्साङमा भएको प्रतियोगितामा नेपाली खेलाडीसहित भारतको विभिन्न शहरबाट ६४ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

Comment