एन्फा महिला लिग छनोट बिहीबारदेखि

अखिल नेपाल फुटबल सङ्घ(एन्फा)को आयोजनामा बिहीबार देखि एन्फा महिला लिग छनोट आयोजना हुने भएको छ । एन्फाले प्रतियोगिताको सम्पूर्ण तयारी पुरा गरी सकेको बुधवार आयोजित पत्रकार सम्मेलनमा एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए । एन्फा फुटबल मैदान सातदोबाटोमा हुने प्रतियोगितामा १४टोलीको सहभागिता रहने छ । सहभागी मध्यबाट उत्कृष्ट ५ टोली एन्फा महिला लिगमा छनोट हुने छन् ।
सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ । दुवै समूहमा शीर्ष दुई स्थान पाउने टोली एन्फा लिगमा सहभागी हुने छन् भने समूहमा तेस्रो स्थान पाउने दुई टोलीका बिचमा प्ले अफ खेल मार्फत पाँचौँ टोलीको टुङ्गो लाग्ने छ ।
एसियाली मानचित्रमा नेपाली महिला फुटबलको स्तर बढेको सन्दर्भमा एक टोलीलाई कम्तीमा ६ खेलका लागि अवसर दिन यो संरचना उपयुक्त भएको प्रतियोगिता प्रमुख सञ्जीव मिश्रले जानकारी दिए ।
समूह एमा चर्च ब्वाइज युनाइटेड, छहारी फुटबल क्लब, राप्ती एफसी, सिन्धुपाल्चोक एफसी, स्टुडेन्ट फुटबल क्लब, आरबी रिसोर्ट एन्ड बिच फुटबल तथा एफसी रियल छन् ।
समूहबीमा एनआरटी, सङ्कटा एफसी, बुटवल लुम्बिनी ्एफसी, एन्बिएम पोखरा र्गल्स एफसी, झापा एफसी, लम्की फुटबल एन्ड ट्रेनिङ सेन्टर तथा नेपाल खेलकुद क्लब छन् । पहिलो दिन एफसी रियल र छहारी तथा सङ्कटा एफसी र नेपाल खेलकुद क्लबका बिचमा खेल हुने छ ।