वादोरियो कराते टोली फर्कियो
Manoj Shiama
13 August, 2025 9:09 pm

श्रीलङ्काको रतनपुरामा भएको पाँचौँ खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा ४ स्वर्ण १ रजत सहित टिम दोस्रो भएको नेपाल वादोरियो कराते टोली सोमबार नेपाल फर्किएको छ ।
अगस्ट ७ र ८ तारिखमा भएको प्रतियोगितामा नेपालका लागि पुरुष ८० केजीमुनि पासाङ ग्याल्जेन थोक्रा, ५२ केजीमुनि निशान घले, महिला ६१ केजीमुनि उर्शला पहरी र ५० केजीमुनि अर्पणा मगरले स्वर्ण पदक तथा ४० केजीमुनि आरोन शेरचनले रजत पदक जित्न सफल भएका थिए ।
टोलीको प्रमुख प्रशिक्षकमा नेपाल वादोरियो कराते डो सङ्घका अध्यक्ष हरिशरण केसी तथा अफिसियलमा राजकुमार कार्की रहेका छन् ।
टोलीलाई सङ्घका कोषाध्यक्ष पुरुषोत्तम पोखरेल, ललितपुर जिल्लाका प्रशिक्षक संघर्ष पहरी, सिनियर कराते प्रशिक्षक सुमन तिम्सिना, अभिभावकलगायतले अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।