कराते टोली भारत जाँदै

सामुदायिक विद्यालय भीमसेनगोलमा अध्ययनरत ९ कराते खेलाडीसहित १४ सदस्यीय नेपाली टोली दोश्रो जेकेएनएसकेआई अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा सहभागी हुन बुधबार भारतको पुना जाँदैछ ।
नोभेम्बर ३० देखि डिसेम्बर २ तारिखसम्म हुने प्रतियोगितामा अनिल रोका, राई, करण चौधरी, नवीन थापा मगर, रिकेश भण्डारी दर्जी, कञ्चन नेपाली, महिमा राई, सोनु गुरुङ, सिमोन्शा श्रेष्ठ र इरफान वोस्तले प्रतिस्पर्धा गर्नेछन् ।
टिम प्रशिक्षकमा १० औं सागका स्वर्ण विजेता कुशल श्रेष्ठ, व्यवस्थापकमा राजेश जोशी, निर्णायकमा तारा गुरुङ र अफिसियलमा तुलसीकुमार महर्जन रहेका छन् ।
टोलीलाई नेपाल कराते महासंघका महासचिव हरिशरण केसी, देउराली क्लबका अध्यक्ष अर्जुन राणा, उपाध्यक्ष लीलेश्वर प्रधान र भीमसेनगोला माविका प्रिन्सिपल गणेशकुमार राईले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे । कार्यक्रममा देउराली क्लबले प्रायेजन गरेको ट्रयाक्सुट पनि वितरण गरिएको थियो ।

Comment