लमजुङमा कराते बेल्ट टेस्ट
Manoj Shiama
2 August, 2025 10:24 pm

जेकेएफ गोजुकाइ ताकुजि केन्बुकान, बेसिशहर फुलबारीको आयोजनामा शनिबार बेल्ट टेस्ट कार्यक्रम सम्पन्न भएको छ । विभिन्न बिधालय कराते डोजोहरुको २२औ ग्रेडिङ सम्पन्न भएको प्रशिक्षक शिला तामाङले जानकारी दिइन् ।
गण्डकी प्रदेश सरकारका अर्थिक मामिला मन्त्री डा.टकराज गुरुङको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा डिएसपी रेशम बोहरा विशेष अतिथी थिए ।

विभिन्न राष्ट्रिय प्रतियोगिता र १५औ राष्ट्रपति रनिङ शिल्डमा पदक प्राप्त खेलाडीलाई प्रमुख प्रशिक्षक अस्मिता गुरुङले पोसाक प्रयोजन गरेकी थिइन् ।
