करातेमा नेपाललाई सफलता

ईन्डोनेशियामा संचालन भएको १५ औं एशियन प्यासिफिक सितोरियो कराते प्रतियोगितामा नेपाल २ स्वर्ण र २ कांस्य पदक जित्दै समुह चौथो बन्न सफल भएको छ । नोभेम्बर २१ देखि २४ सम्म संचालन भएको प्रतियोगितामा नेपालको तर्फबाट पुरुष तर्फ को सिनियर ५५ किलो तौल समुहमा बिजय श्रेष्ठले स्वर्ण र भेट्रानको ४०–५० बर्षको समुह अन्तर्गत को प्रतिस्पर्धामा एकल काता तर्फ गणेश थिंगले स्वर्ण पदक जित्न सफल भए ।  त्यसैगरी सिनियर पुरुष तर्फ एकल कातामा  पर्शुराम बास्तोलाले कांस्य पदक हात पारे ।

पुरुष तर्फको ८४ किलो तौल समुहमा दिगम्बर प्रसाद पन्तले  कांस्य पदक जिते । अनिश लामाले ६० किलो तौलमा नेपाललाई कास्य दिलाए । ३० राष्ट्र सहभागी भएको उक्त प्रतियोगितामा ईण्डोनेशियाले १७ स्वर्ण,१२ रजत र १५ कास्य पदक सहित पहिलो स्थान हाशिल गर्न सफल भयो भने जापानले १६ स्वर्ण ,३ रजत र २ कांस्य सहित दोस्रो भयो  ।  ७ स्वर्ण १३ रजत र ११ कांस्य सहित चाईनिज ताईपेई तेस्रो भयो  २ स्वर्ण र ३ कांस्य सहित नेपाल समुह चौथो बन्न सफल भएको कुरा ईण्डोनेशियाबाट नेपाल सितोरियो कराते संघका सचिव तथा प्रबक्ता गजेन्द्र बहादुर खपाँगीले जानकारी गराए ।

Comment