स्टुडेटन्को रियल माथिको जित
Manoj Shiama
22 August, 2025 5:52 pm

ए्एफसी महिला लिग क्वालिफायरका खेलमा स्टुडेन्ट फुटबल क्लबले एफसी रियल फुटबल क्लबलाई ३–१ले हराएको छ । विजयी टोलीले पहिलो हाफमा १–०का अग्रता लिएको थियो । २७ औ मिनेटमा सुशीला सुस्लिङले स्टुडेन्टलाई अग्रता दिलाएकी थिइन् । ६६ औ मिनेटमा पूजा थेबेले रियलका लागि बराबरी गोल गरेकी थिइन् ।७८औ मिनेटमा पूर्णिमा थारुको गोलमा अग्रता लिएको स्टुडेन्टका लागि इन्जुरी समयमा सबिना तामाङले गोल गरिन् ।
सबिना खेलको प्लेयर अफ द म्याच समेत घोषित भइन् ।