नेपालको खेलकुदमा जर्मन बिश्वविद्यालयको सहयोग रहने


जर्मनीको लेपजिंग बिश्वविद्यालयले राष्ट्रिय खेलकुद परिषद्मा कार्यरत प्रशिक्षकहरुका लागि विभिन्न कोर्षहरु सञ्चालन गर्ने भएको छ । जर्मनीमा राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष समेत रहेका नेपाल ओलम्पिक कमिटीका महासचिव लामा टेन्डी शेर्पा र बिश्वविद्यालयका अन्तराष्ट्रिय खेलकुद विज्ञानका प्रशासकीय प्रबन्ध निर्देशक डननीयल एकर्ट लेन्डहामर विच भएको भेटवार्तामा यस विषयमा सहमती भएको हो । चाडैनै सम्झौता हुने जनाइएको छ ।

Comment