र्मोडन पेन्टाथलन टोलीको बिदाइ

ड्रिप टुगेदर संयुक्त प्रशिक्षण शिविर तथा हेनान कोरिया ओपन अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने मोर्डन पेन्टाथलनका खेलाडीलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले बिदाइ गरे । प्रतियोगिता ७ देखि १७ अगस्टसम्म हुने छ । 

टोलीको अफीसीयलमा ज्ञानेन्द्र श्रेष्ठ छन् । यसै गरी राम बहादुर घिमिरे,राहुल दर्शन, सोयबमान श्रेष्ठ र सुलभ सुनुवार खेलाडीको रूपमा सहभागी हुने छन् । 

बिदाइ कार्यक्रममा ओलम्पिक कमिटीका महासचिव निलेन्द्र राज श्रेष्ठ लगायतको उपस्थिति थियो । 

Comment