परिषद्को मनपरी सीमा नाघ्दो, क्यानोइङमा संघले नै गरेको छ व्यवस्थापनको जिम्मेवारी 

चीनको होङझाउमा जारी १९ औ एसियाली खेलकुदमा नेपालको खराब प्रदर्शन जारी छ । राष्ट्रिय खेलकुद परिषद्को मनपरी तन्त्र भने यथावतै छ । 

थुप्रै खेलमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का कर्मचारी तथा सम्बन्धित खेल बाहिरका व्यक्ति खेल व्यवस्थापकको भूमिकामा चीन पुगेको जनाइएको छ । 

बास्केटबल टोलीमा राखेप कर्मचारी सङ्घकी अध्यक्ष सरस्वती केसी व्यवस्थापक छिन् । ‘थ्री बाई थ्रीमा हाम्रो अन्तर्राष्ट्रिय अभ्यास भनेको ४ खेलाडी र १ प्रशिक्षक टोलीमा रहन्छन् । गल्फमा राखेपले हाल राखेप अन्तर्गत तेक्वान्दो प्रशिक्षक तथा ओलम्पियन रहेका दीपक विष्टलाई व्यवस्थापक बनाएको छ । 

आर्चरीकी व्यवस्थापक रहेकी श्रुति खरेल सिवाकोटी एनओसी सदस्य रमेश सिवाकोटीकी श्रीमती हुन् । यद्यपि उनी नेपाल आर्चरी सङ्घकै सिफारिसमा व्यवस्थापक बनाइएको सङ्घका अध्यक्ष दीपक गुरुङले बताए ।

पुलिसका रुकेश तण्डुकार सुटिङ, एपीएफका सुधीर सुवेदी कुस्ती र आर्मीका मुनाल बस्नेत एथलेटिक्समा व्यवस्थापक छन् । यद्यपि बस्नेतसँगै एथलेटिक्स प्रशिक्षक धनीराम चौधरीको नाम पनि व्यवस्थापकमा रहेको छ ।

उसुमा राखेप अन्तर्गतका कराँते प्रशिक्षक दीपक श्रेष्ठ व्यवस्थापक छन् । राखेपकै कर्मचारी व्यवस्थापक हुने अन्य खेलमा कुमार बस्नेत क्यानोइङमा, डिल्ली राम काफ्ले कबड्डीमा तथा फणीन्द्र पौडेल डान्स स्पोर्टमा छन् ।

राखेपले मनपरी गरे पछि नेपाल क्यानोइङ संघले आफ्नै खर्चमा कोशाध्यक्ष महेश थापालाई व्यवस्थापनको जिम्मा दिएको छ । संघले नै उनको आर्थिक भार व्यहोर्ने अध्यक्ष राजीव श्रेष्ठले जनाए । 

यस पटक एसियाडमा धेरै पक्षमा विवादित छ । राष्ट्रिय खेलकुद परिषद्ले खेलाडीका लागि उपलब्ध गराएको तयारी  बापतको रकम र होटेलको सुविधा नमिलेको एक खेलाडी बताउँछन् । यसै गरी पोसाक बापतको रकम पनि पोसाकको स्तर अनुसार नभएको नाम नबताउने सर्तमा परिषद् निकट श्रोतले जनाएको छ । 

Comment