ओलम्पिक कमिटीको मनोमानीले धेरै सङ्घ नेतृत्व आजित

नेपाल ओलम्पिक कमिटीको नितिहिनताको सिकार अहिले धेरै खेल सङ्घ परेका छन् । ओलम्पिक मुभमेन्टमा लामो समय देखि समावेश देखि तथा ओलम्पिकमा अवसर पाएका खेल पन नेपाल ओलम्पिक कमिटीमा आबद्ध हुन सकेका छैनन् । 

ओलम्पिकमा समावेश हुँदै आएका रोइङ, इक्वेस्ट्रीयन, बेसबल तथा सफ्ट बल नेपाल ओलम्पिक कमिटीमा आबद्ध छैन । यी मध्य नेपाल बेसबल तथा सफ्ट बल सङ्घ त एकदमै सक्रिय सङ्घको रूपमा रहेको छ । कतिपय ओलम्पिक कमिटीमा हालीमुहाली गर्ने सङ्घ अध्यक्ष रहेको सङ्घ भन्दा सही ढङ्गले सो सङ्घ चलेको छ । ओलम्पिक कमिटीको विभिन्न नेतृत्वदायी भूमिकामा रहने भन्दा गैर न्यायिक काम पनि सो सङ्घमा भएको छैन 

स्केट बोर्डिङ, रग्बी, स्क्वास, क्रिकेट र डान्स स्पोर्ट पनि ओलम्पिक कमिटीमा आबद्ध छैनन् । यी मध्ये स्केट बोर्डिङ टोकियो ओलम्पिकमा समावेश थियो । स्क्वास र क्रिकेट सन् २०२८ को लस एन्जलस ओलम्पिकमा समावेश हुने भएका छन् । 

मोर्डन पेन्टाथलन पनि ओलम्पिकमा आबद्ध छैन । गत ओलम्पिकमा नै प्रवेश पाएको स्पोट्स क्लाइम्बिङ पनि ओलम्पिकमा आबद्ध छैन । कलीङ ,इस्पोर्ट्स र ल्याक्रोस पनि आबद्ध छैनन् । 

त्यसो त विन्टर ओलम्पिक हुने आइस हक्की पनि समावेश छैन । थुप्रै गृष्मकालीन ओलम्पिकमा समावेश खेललाई मान्यता नदिइएको नेपालमा शीत कालीन ओलम्पिकमा मात्र प्रतिस्पर्धा हुने स्की सङ्घका अध्यक्ष जीवन राम श्रेष्ठले नै नेपाल ओलम्पिक कमिटीको नेतृत्व गरेका छन् । 

नेपाल बेसबल तथा सफ्ट बल सङ्घका अध्यक्ष दीपक न्यौपाने यसलाई ओलम्पिक कमिटीको मनोमानी ठान्छन् । 

त्यसो त ओलम्पिक स्कलरसिप कार्यक्रममा खेलाडी छनोट र प्रशिक्षक छनोटमा मनोमानीको आरोप विगतमा नै लाग्ने गरेको थियो । यस विषयमा सबै भन्दा बढी विवाद तेक्वान्दो सङ्घमा देखिएको थियो । ओलम्पिक स्कलरसिप कार्यक्रम पारदर्शी नभएको आरोप सो खेलमा पनि लागेको थियो । 

यसै गरी नेपाल स्केट बोर्डिङ सङ्घका अध्यक्ष अच्युत खनालले पनि मनोमानी भएको स्वीकार गरेका छन् । 

ओलम्पिक सोलीडारिटी कोर्सको अवसर ती खेलमा पनि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले प्रदान गर्ने भए पनि ती रकम र सुविधा कसरी प्रयोग हुन्छन् निश्चित छैन ।, 

उसु सङ्घको सवालमा विवाद बढाउने काममा ओलम्पिक कमिटीका अधिकारीकै संलग्नता देखिएको छ । लामो समय कुनै सही काम नगरेको वीर बहादुर तामाङ नेतृत्वको सङ्घलाई राष्ट्रिय खेलकुद परिषद्ले विघटन गरेर विघटित संघले साधारण सभा गर्दा पनि विवाद बढाउने काम ओलम्पिक कमिटीले गरेको छ । गत एसियाडमा सरोकार नभएका धेरै जना मेनेजरको रूपमा सहभागी गराइएको थियो । 

Comment