बक्सिङ टोली उज्बेकिस्तान प्रस्थान

एएसबीसी यु–२२ एसियाली बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन ३ खेलाडीसहित ५ सदस्यीय नेपाली टोली बुधवार उज्बेकिस्तानको अस्ताना प्रस्थान गरेको छ ।

२७ अप्रिल देखि ८ मेसम्म हुने प्रतियोगितामा १ पुरुष र २ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।

पुरुषको ४८ केजीमा लालप्रसाद उप्रेतीले प्रतिस्पर्धा गर्ने छन् । महिलाको ४८ केजीमा सुषमा तामाङ तथा ५० केजीमा रमिशा श्रेष्ठले खेल्ने नेपाल बक्सिङ महासङ्घका महासचिव मनबहादुर भण्डारीले जनाएका छन् । सुषमाले थाइल्यान्डमा भएको गत संस्करणमा रजत पदक जितेकी थिइन् । नेपाल बक्सिङको इतिहासमा सुषमाले जितेको रजत एसियाली स्तरमा नेपालले प्राप्त गरेको एक मात्र पदक हो ।

प्रशिक्षकमा आइबा वान स्टार सुजित पुन मगर तथा निर्णायकमा आइबा २ स्टार आरजे धनकुमार मैनाली छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङ, नेपाल बक्सिङ महासङ्घका अध्यक्ष राम अवालेलगायतले बुधवार एक कार्यक्रमबिच बिदाइ गरे ।

Comment