सेमलारमा इन्डो नेपाल ब्याडमिन्टन प्रशिक्षण शिविर

ब्याडमिन्टन २१ एकेडेमीले नेपालमा सुरु गरेको इन्डो नेपाल ब्याडमिन्टन प्रशिक्षण शिविर रुपन्देहीको सेमलार पुगेको छ । यस अघि नै काठमाडौं, भक्तपुर र धादिङमा शिविर सञ्चालन भएको थियो । सेमलार ब्याडमिन्टन कभर्डहलमा मंगलबार देखि शिविरको सुरुआत भएको हो । शिविरमा ब्याडमिन्टन २१ सेमलार एकेडेमीका १० तथा भारतका १० गरी २० जना समावेश गरिएका छन् । 

शिविरको उद्घाटन मदन भण्डारी स्पोर्ट्स एकेडेमीका कार्यालय सचिव तथा सेमलारका युवा समाजसेवी विनोद आचार्यले कभर्ड हलले मुर्त रूप लिन थालेको बताए । उनले यस एकेडेमी खोल्नमा सहयोग गर्ने अन्तर्राष्ट्रिय ब्याडमिन्टन अम्पायर उदय अर्याल प्रति आभार व्यक्त गरे । 

बुटवल उप महानगरपालिकाका प्रवक्ता तथा १५ नं वडाका वडा अध्यक्ष शिव थापाले लुम्बिनी प्रदेशको पहिलो ब्याडमिन्टन एकेडेमी आफ्नो वडामा स्थापना भई राम्रो ब्याडमिन्टन खेलाडीहरू उत्पादन गर्ने लक्ष्यको साथ अघि बढी रहेको मा गर्व महसुस भएको बताए । ब्याडमिन्टन २१ एकेडेमीका निर्देशक अर्यालले शिविरले नेपालका जुनियर खेलाडीको मनोबल बढेको बताउँदै भविष्यमा नेपाली खेलाडीहरूलाई भारतको प्रशिक्षण शिविरमा लैजाने कार्यक्रम रहेको बताए । 

सेमलार ब्याडमिन्टन क्लबका अध्यक्ष एकेडेमीका मेहनत गरेर ३ महिनामा नै केही परिवर्तनको आभास दिने कार्यक्रम ल्याउने बताए । उनले यस कार्यमा प्रशिक्षक सरोज सुनारको भूमिका अंह रहेको बताए । 

Comment