साग खेलमा २८ खेल प्रश्ताब


भुटानको राजधानी थिम्पुमा मगलबार बसेको दक्षिण एसिया ओलम्पिक काउन्सीलको बैठकले आगामी सन् २०१९ मा नेपालमाहुने १३ औं दक्षिण एशियाली खेलकुदमा २८ वटा खेलहरुको प्रस्ताव भएको छ । सो सम्बन्धीअन्तिम निर्णय यही सन् २०१७मा आस्गाबादमा हुने एसियन इन्डोर मार्सल आर्ट गेमको दौरान बस्ने बैठकबाट हुने निर्णय गरिएको छ । दक्षिण एसियाली ओलम्पिक काउन्सील तथा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जिवनराम श्रेष्ठको अध्यक्षतामा बसेको बैठकको उद्घाटन भुटानका शिक्षामन्त्री र भुटान ओलम्पिक कमिटीका अध्यक्ष युवराज जिग्ले वाग्ङ्गचुकले गरेका थिए । सोही बैठकमा अफगानिस्थान दक्षिण एशियाली राष्ट्रहरुको समुहबाट हटिएको व्योहोरा जानकारी गराइयो ।
दक्षिण एसियाली ओलम्पिक काउन्सीलको विधान संशोधनका बारेमा विस्तृत छलफल भई आगामी सन् २०१७ सेप्टेम्बर को १९ तारीखमा आस्गाबादमामा बस्ने बैठकबाट पास गर्ने निर्णय पनि गरिएको छ । साथै दक्षिण एशियाली खेलकुद आयोजना सम्बन्धमा माल्दिभ्समा हुने बैठकबाट निर्णय गरिने भएको छ ।

Comment