साउदी अरेबियामा नेपालीका माझ फुटबल

आयोजक सुदूर पश्चिमेली नेपाली समाजलाई पराजित गर्दै युनाइटेड फुटबल क्लबले प्रथम लालबहादुर महत स्मृति गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

साउदी अरबको पूर्वी क्षेत्र अल खोबारको अल–थुक्बाह खेल मैदानमा भएको फाइनलमा सुदूर पश्चिमेलीलाई ३–० गोल अन्तरले पराजित गर्दै युनाइटेडले उपाधि जितेको हो । 

फाइनल प्रवेश गर्ने क्रममा सेमिफाइनलमा सुदूर पश्चिमेलीले युनाइटेड फुटबल क्लब रेडलाई २–० गोल अन्तरले पराजित गरेको हो । यसै गरी, युनाइटेडले भने फ्रेन्डशिप नेपाली फुटबल क्लबलाई १–० गोल अन्तरले हराएको थियो । 

साउदीमा कार्यरत पदमबहादुर महतले आफ्नो स्वर्गीय पिता लालबहादुर महतको तेस्रो स्मृतिमा आयोजना गरेको प्रतियोगितामा २२ टोली सहभागिता रहेको थियो । उपाधिसँगै युनाइटेड ५ हजार साउदी रियाल, कप, मेडल र प्रमाणपत्र हात पार्न सफल भयो । उपविजेता सुदूरपश्चिमले २५ सय साउदी रियाल, कप, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । आयोजकहरू यस प्रतियोगिताले साउदी अरेबियामा बस्ने नेपालीको भावनात्मक सम्बन्धमा विकास हुने बताए । साथै प्रतियोगिताले लामो समय विदेशमा रहँदाको पिडा भुलाउन पनि प्रतियोगिताले सहज हुने विश्वास व्यक्त गरेका छन् । सहभागीहरू पनि यसै कारण अत्यन्त उत्साही थिए । 

साउदी अरेबियामा बस्ने नेपालको माझमा फुटबल खेल प्रतिको क्रेज अत्यन्त बढी छ । गत महिना साउदी र अरेबियामा भएको महिला फुटबल प्रतियोगिताको दौरान सो क्रेज देखिएको थियो । नेपाली टोलीको हौसला बढाउन १५०० किलो मिटरसम्मको यात्रा गरेर नेपाली दर्शक रङ्गशालामा पुगेका थिए  ।

Comment