दोस्रो मोना ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

म्याग्दी प्रवासी नेपाली सङ्घ राष्ट्रिय कार्यसमिति (मोना) युएईले आयोजना गरेको दोस्रो  मोना युएई ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । आइतबार दुबईस्थित फर्टुना स्पोर्ट्स एकेडेमीमा ६ तहमा भएको प्रतिस्पर्धामा २६ टोलीको सहभागिता थियो ।  प्रतियोगिताको लेभल ए अन्तरगत खिम बराल र खेम सङ्ग्रौलाको जोडी विजेता तथा गौसे आजम र बलबहादुर गुरुङको जोडी उपविजेता भए । लेभल वि पलस अन्तरगत खेम सङ्ग्रौला र जियन शर्माको जोडी विजेता र प्रकाश कुवर र मगत पङ्गेनीको जोडी उपविजेता भए । 

त्यस्तै लेभल वि मा याम मगर र केसु थापा मगरको जोडी विजेता र भीम गोले र भरत गौतमको टिम उपविजेता भएको हो । प्रतियोगितामा खिम बराल उत्कृष्ट खेलाडी भए । प्रतियोगितालाई सम्पन्न गराउन प्राविधिक सहयोग गर्ने दीपेश श्रेष्ठ र प्रमित उदय, रेफ्री विक्कि बुढा र किरण राई सम्मानित भए । 

विजेता खेलाडीलाई नगद पुरस्कार प्रदान गरिएको खेलकुद संयोजक किरण खत्रीले बताए । मोना युएईका अध्यक्ष सुवास राम्जाली, वरिष्ठ उपाध्यक्ष एवं प्रतियोगिताका संयोजक किरण खत्री र महासचिव काजीमान बुढाथोकी लगायत कार्यसमिति सदस्यहरूको उपस्थितमा प्रतियोगिता सम्पन्न भएको थियो ।

Comment