बिद्यालय तेक्वान्दो विहिबार देखि

काठमाडौ जिल्ला तेक्वान्दो संघको आयोजनामा बिहिबार देखि तीन दिने विद्यालयस्तरीय तेक्वान्दो प्रतियोगिता हुने भएको छ । बुधबार नेपाल खेलकुद पत्रकार मन्चमा आयोजितक पत्रकार सम्मेलनमा आयोजक कमिटीका प्रमुख कुमार लामाले प्रतियोगितामा पुरुषमा ११ तथा महिलामा नौ स्पर्धा समोबश भएको बताए । ४सय ४० खेलाडीको सहभागिता रहने प्रतियोगिता दशरथ रंगशालाको कभर्डहलमा सञ्चालन हुने छ । प्रतियोगिताको लागत ४ लाख ९८ हजार रुपिया रहेको छ । आयोजक कमिटीका पं्रमुख लामाले विद्यलयस्तरमा नै राम्रो खेलाडी उत्पादन गर्न प्रतियोगिताले सहयोग गर्ने बिश्वास ब्यक्त गरे ।

Comment