चिल्ला कार चढेर चिल्ला कुरा गर्नेहरु

एकसय रुपैया ऋण दिने र असुल गर्दा तीनवटा सुन्ना थपेर असुल गर्नेलाई ठगीको बिम्न मानीन्छ । शिक्षाको अभावमा यसरी ठगिनेहरु कुनै समयमा धेरै थिए । शिक्षाका अभाव भनीए पनि यस खालको ठगीको कारण प्रसासनीक र राजिनितीक शक्तिको लापर्वाही र बदनीयतका कारण मात्र सम्भब थियो । यसरी ठग्ने र लुट्नेको पहुच राज्यका निकायसंग हुन्थ्यो नै । यस कारण सबै खालको लुटको केन्द्र तत्कालीन समयमा नारायणहिटी दरबार नै थियो ।
कालन्तरमा नारायणहिटी कमजोर बन्यो । विराटनगर र बुढानीलकण्ड जस्ता थुप्रै ठाउमा नया दरबारीयाहर भेला हुन थाले । त्यहाका दरबारहरुमा शक्ति केन्द्रित हुन थाल्यो । त्यसैको प्रभाव हो , नया बानेश्वरमा कानुनी बैधता प्रदान गरेर लुट्नका लागि प्रमाणपत्र दिन केन्द्र  बन्यो । त्यो केन्द्र सरेर टेकु हुदै सानेपामा पुगेको छ ।
नारायणहिटीबाट पाएको लुटको प्रमाणपत्र कमजोर हुने र सानेपामा पालो कुर्नु पर्ने महशुष भए पछि कानुनी बैधता सहितको लुटको प्रमाण पत्रका लागि बल्खु सम्म धाउनेको पनि ताती लाग्यो । यीनीहरु पनि कुनै बिहान बालकोट दरबार र कुनै बिहान  डल्लु दरबारमा दर्शनका लागि आतुर नै हुन्छन् । बि.स २०६३ पछि कोटेश्वर हुदै यस खाले बैधनीक लुटको प्रमाणपत्र अन्यत्र पनि पाउन थालीयो । यसरी भिन्न दरबारको आरक्षणमा बैधानीकता पुरा गर्ने भ्रस्टहरु चिल्ला कारमा चढेर चिल्ला कुरा गर्ने र नेपालको खेलकुद परिसरलाई  लुटेर खाने अखडा बनाउन तल्लीन भए ।
‘ बर्जुवा ’ शब्दको अर्थ हो, ठूलो भुडी हुने  । यसको मतलब काम नगरी खाने । श्रम नगरी कुनै पनि ठगंले अरुलाई शोषण गरेर जिवनयापन गर्न पुग्नेहरुनै महान हुन् भन्ने सोच बुर्जूवाबादीहरुको हो । श्रमजीवीको नजरमा यीनीहरु शोषक र सामन्ती भए ।  खेलकर्मीको नजरमा शारिरिक श्रम र अभ्याष नगर्ने पाटे अल्छी र लम्पट  । यीनीहरु धनी होला्न तर, अर्थशास्त्रीय दृष्टकोणमा  श्रम नगर्ने र समाजलाई गरिबीमा धकेल्ने गरिबीका कारक पनि यीनै हुन् । यही श्रम गर्ने र श्रमको शोषण गर्ने विचको खाडलमा नेपाली खेलकुदले ६ दशक वितायो ।
लुटिने र लुटिनेका सन्तान बिहानै ट्रायकमा , रिङमा ,एरेनामा, गेमबोर्डमा र कभर्डहलमा ब्यस्त हुन्छन् । लुट्ने र लुट्नेका सन्तानहरु बिहानै भिन्न दरबार धाउछन्, र तीनै दरबारको आडमा हैकम चलाउछन् । अझ कोही त सानेपाबाट यस खाले प्रमाणपत्र लिने र बल्खु र कोटेश्वरका प्रमाणपात्रधारीसंग सम्झौता गर्ने पनि छन् ।
नेपालको प्राय:  सबै खेलमा यसै नियती छ । यसै नियतीका विच एथलेटिक्स संघको निर्वाचन हुदै छ । यी माझमा धनबीर चौधरीको पनि नेतृत्व गर्ने चर्चा चलेको छ । धनबीरको उम्मेदवारीको सम्बन्धमा केही करा उल्लेख गर्नै पर्ने हुन्छ । उल्लेखित लुटेर खाने सस्कारले खेलकुद माथिको पहिलो आक्रमण यसको अपब्याख्याबाट सुरु गरे । शक्तिको दुवै श्रोत कला र विज्ञानको प्रतिफल  हो , खेलकुद । प्रकृतीले मानीसलाई कला सहित जन्म दिन्छ । ‘ गड गीफ्टेड ’ को अर्थ पनि यही हो । प्रशिक्षकले विज्ञान सिकाउछ , ब्यक्ति आफैले अभ्याष गर्छ । त्यस पछि उ स्टार बन्छ । प्राबीधीक विज्ञहरुले स्कीलफील र महेनती ब्यक्ति स्टारको रुपमा स्थापीत होस भन्ने ध्योयले ‘ रेगुलेसन ’ बनाउन जिवन विताउछन् । तर,सामन्ती जगमा अडीएको नेपाली समाजले खेलकुदलाई मनोरञ्जनको माध्यमको रुपमा मात्र ब्याख्या गर्‍यो । राज्यका तीनवटै अंग र चौथो अंगको रुपमा ब्याख्या गरिने  सञ्चार क्षेत्रले पनि यसै सामन्ती ब्याख्यालाई प्राथमिकता दियो ।
यो सिन्डीकेटले खेलकुद र साचो खेलकर्मीलाई सधै थिचोमिचो गर्‍यो । यो स्तम्भकारले एकदमै सम्मान गर्ने एक जना एथलेटिक प्रशिक्षक छन् । जो संगको हरेक भेटमा केही नया कुरा सिक्ने र जान्ने प्रयास यो स्तम्भकारले सधै गर्ने गरेको छ । एक पटक राष्ट्रिय खेलकुद परिषद्को प्राबीधीक प्रशिक्षण कार्यक्रममा ती प्रशिक्षकले पढाउदै जादा  विद्यार्थी प्रभावित त भए , तर एकजाना उनकै विद्यार्थीले सोधेको प्रश्नको जवाफ उनीसंग थिएन । विद्यार्थीले साधेका थिए ‘ गुरु तपाइलाइ यत्ति धेरै थाहा छ । तर, त्यस अनुसारको परिणाम किन नभएको ?’ यो गम्भीर प्रश्नको जवाफ अब खोज्नै पर्ने समय भएको छ । अबको प्रसंग त्यो प्रश्नको जवाफको विषयमा ।
जमैकाका एथलेटिक्स संघका अध्यक्षको ब्यक्तित्व युसेन बोल्टको नजरमा फीक्का रह्यो ।  बोल्टले बेइजिङ ओलम्पिकको सफलता पछि दुइ ओला डठ्याएर अभिबादन गरे । पछि बोल्टले त्यो औलाको ब्याख्या गरे । ‘ तीमीहरुले हाम्रा पुर्खा माथि दुइ सय बर्ष लादेको दास प्रथाको जवाफ मैले दिए । ’ अमेरिकामा अब्राहम लिंकन र मार्टीन लुुथर कींगले रंगभेद विरोधी आन्दोलनको अगुवाइ गरे । २० औ शताब्दीको अन्त्यतीर कार्ल लुइसले आफ्नो खेलमा सनसनी फैलाउदै यसलाई माथिल्लो उचाइमा पुर्‍याए । उनको पुस्तक ‘ सुपेरियटी अफ ब्ल्याक एथलेट ’ र उनको बायोग्राफीले लींकन र कींगको अभियानलाई सार्थकता दिलायो । २१ औ शताब्दीमा सान्या रिचर्डस र एलीसन फेलीक्सले भेदभावरहित अमरिकी समाजको अभियानलाई अझ माथिल्लो उचाइमा पुर्‍याए ।
नेपालमा भिन्न संघका निर्वाचनमा पैसावालको चर्चा चल्छ । एक पटक टेबल टेनिस संघको निर्वाचन हुदा ब्याडमिन्टनका जिल्ला अध्यक्ष तथा पूर्व खेलाडीले भनेको कुराले उदेक तुल्याएको थियो । उनी भन्दै थिए ‘ संघ अध्यक्ष हुन त पैसा भएकै मान्छे चाहीन्छ । ’ उनी जस्तालाई यत्ति मात्र भन्न सकिन्छ, संघ पैसाले होइन, समपर्ण र समर्पण सहितको योजनाले चल्ने हो । उनी जस्तालाई भन्ने पर्ने अर्को  कुरा पनि  छ ‘ पैसावाल हुनु आफैमा अपराध नहोला । तर, पैसावाल सबभन्दा योग्य हुन्छ र पैसा नहुने अयोग्य हुन् भन्ने मानसिकता चाही अपराधीक मानसिकता नै हो । ’
नेपालमा जव कुनै संघको निर्वाचन नजीकीन्छ , यस्ता मानसिकता भएकाहरु एकजुट हुन्छन् । यीनीहरुको बर्गीय स्वार्थले काम गर्छ । यीनीहरुको ‘ अन्कन्सीयस माइन्ड ’ ले भन्छ ‘ खेलकुदको ऐरेनामा हुने पैसा नभएकाहरु हुन् । तीनीहरुको ब्यक्तित्व होचो हो । सधै होचो रहनु पर्छ । राम्रो निती र कार्यक्रम बनेमा हामीले हपेका र होच्याएकाहरु स्टार हुन्छ्न् र हामीले कसरी सहुन् ?’ उनीहरुको यो मानसिकताले राम्रो प्रशिक्षणको वातावरण दिदैन । प्रतिकुल वातावरणका माझ कुनै प्रशिक्षकले धेरै महिनेत गरेर राम्रो प्रशिक्षण दिएमा स्टार जन्मने र आफूलाई नटेर्ने कुराले अत्तालिन्छन् र पुरस्कार होइन, दण्डा बर्साउन आतुर हुन्छन् ।
एथलेटिक्स प्रशिक्षक र खेलाडीलाई केही कुरा भन्नै पर्ने हुन्छ । ‘ रंगशालाको ट्रायकको कुनै पनि ठाउमा उभिदा तपाइहरुको पसिनाकै  गन्ध आउछ । त्यो पसिनामा धनबीर चौधरीको पसिना पनि छ । त्यो पसिनाको माया उनलाई पक्कै छ । ’ धनबीर नाम अनुसारका धनी नहोलन् , तर,बिर छन् । जो आफूमा केहि नभएको र उल्ल्ेखति कुनै दरवरको नाममा बैेधानीकता पुरा गरेर लुटेर खान पल्केकासंग झक्दैनन् । त्यो दरबारको झण्डा होइन, आइएएफकै झण्डालाई माया गर्छन् । पैसा नहुनेहरु सबै निकम्मा हुन् भन्ने सोच्दैनन् । देशको नाममा विदेश गएर भाग्ने र फेरी नेपालमा फर्केर राज गर्न खोज्दैनन् । कोठामा बसेर संघ चलाउदैनन् । श्रमतीलाई ओलम्पिक पठाउन नसकेको कारण आफ्नो अपमान भन्दै विज्ञप्ती निकालेर जग हसाउदैनन् ।
एथलेटिक्स प्रशिक्षकमा केही मनमुटाव पक्कै छ । यसको भिन्न कारण होला । तर, मुल कारण ठगेर खान पल्केकाहरुले चिल्ला कार चढेर आएर गरीने चिल्ला कुराको प्रभावमा पर्नु र उनीहरुको स्वार्थ अनुकल चल्नु नै हो । अब ती सबै कुरा छाड्ने पालो आएको हो की ।  तपाइहरुले भने जस्तै ‘तपाइहरुले जानेको एउटै काम र तपाइहरुले विताएको एउटै ठाउ’मा आफ्नो स्वामीत्व खोज्ने बेला आएको होकी । यसको प्रतिनिधी पात्र धनबीर हुन् । सके उनकै नेतृत्वमा एथलेटिक्स चलोस । सकिदैन भने सबै एथलेटिक्सकर्मी एकजुट भएर धनबीर समुहको हात माथी पर्ने गरी मात्र अल्पकालीन सम्झौता गर्ने हो की ।

Leave A Response