विवकेको औषत प्रदार्शन

bibek1

नेपालका युथ च्याम्पियन विवेक थींगको फीलीपीन्समा जारी एसियन युथ च्याम्पियनसीप बुद्धीचाल प्रतियोगितामा औषत प्रदर्शन रहेको छ । तीन चरणको समाप्तीमा विवकेले १.५ अंक जोडेका छन् । चौथो चरणमा उनले मंगोलियामा एफएम बिल्गयम सुमीयाको सामना गर्ने छन् । तेस्रो चरणमा उनी बंगलदेशका गार्सीया जान इमानुएलसंग पराजित भए । आइतबार नै भएको दोस्रो चरणको खेलमा उनले फीलीपीन्सका सामन्टीला डारिला युनिक्ससंग बराबरी गरेका थिए ।
प्रतियोगितामा पहिलो बरियताका भारतीय आइएम नारायनन श्रीनाथ र इमानुएल समान २.५ अंक सहित शिर्ष स्थानमा छन् ।
महिला स्पर्धामा नेपाली खेलाडी बिणा जयसवालले तीन चरणको समाप्तीमा कुनै अंक जोड्न सकेकी छैनन्। तेस्रो चरणमा बंगलादेशकी जिसा सारुहत जनातसंग पराजित हुनु पूर्व उनी दोस्रो चरणमा युएइसकी साइखा अल्दाह अल्देरीसंग पराजित भएकी थिइन् । भारतका सारान्या जे र रुचा पुजारीका साथमा काजकिस्तानकी झील्काइडारोभा सोल्पान २.५ अंक सहित शिर्ष स्थानमा छन् ।

 

Comment