सुरोज महर्जनलाई रेपिड चेसको उपाधि

टोखा युवा क्लबको आयोजना दुई दिने दोस्रो टोखा युवा खुल्ला राष्ट्रिय  रेपिड बुद्धिचाल प्रतियोगिताको  उपाधि ललितपुरका सुरोज महर्जनले हात पारेका छन् । केही दिन अगाडि मात्र सम्पन्न भएको छैटौँ तुलसीलाल स्मृति राष्ट्रिय टिम क्लब चेस च्याम्पियनसिपमा ललितपुर स्पोर्ट्स क्लबबाट खेलेका सुरोजले अन्तिम चरणको खेलमा पनि काठमाडौँका धिरेन राईलाई पराजित  गरेका थिए । 

उत्कृष्ट लयमा रहेका सुरोजले आठ खेलमा जित हात पारेका थिए भने छैटौँ चरणको खेलमा शुुुसुरत दाहालसँग पराजित भए । उनले नगद १५ हजार हात पारे । काठमाडौँका सुदिप तामाङ दोस्रो र धिरेन राई तेस्रो स्थानमा रहेर क्रमशः १० हजार र ७ हजार नगद पुरस्कार पाउन सफल भए ।

 ७ .५ जोडेका सुदिपले नवौँ चरणको खेलमा विनय राइलाई हराएका थिए । साढे ७ अङ्क नै भए पनि धिरेन सुदिपसँग प्रोग्रेसिभ अङ्कमा पछाडि परे । टोखा नगरपालिका वडा नं ३ को आर्थिक सहयोगमा सञ्चालन भएको प्रतियोगितामा झापाका  शुसुरत दाहाल चौथो र सुमन लामा पाँचौँ स्थानमा रहे। शुसुरतले ५ हजार र सुमनले ४ हजार नगद पाए ।

दशौँसम्मलाई नगद पुरस्कार रहेको प्रतियोगितामा  झापाका सुमन मोक्तान,काठमाडौँका पुरुषोत्तम सिलवाल, धनुषाका सुशील चौधरी  ,  काठमाडौँका सुभाष गुरुङ र प्रेमकृष्ण महर्जन छैटौँ देखि दशौँसम्म रहन सफल भए ।

त्यसै गरी अनरेटेडमा फुर्वा लामा उत्कृष्ट  ठहरिए भने भेट्रानमा भक्तपुरका गणेशमान दुवाल  पहिलो भए ।  महिलातर्फ काठमाडौँका  पुर्णिामा गुरुङ  पहिलो भइन  भने   स्थानीय टोखामा जितेन्द्र डङ्गोल पहिलो भए । 

त्यसै गरी यु  –१४ मा छात्रातर्फ  रिया श्रेष्ठ र छात्रमा  अभिन पाण्डेले पहिलो स्थान हात पारे । प्रतियोगितामा विजेता खेलाडीहरूलाई  टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारीले पुरस्कृत गरे ।

अन्तर्राष्ट्रिय आर्विटर ज्ञानेन्द्र खाईजुले सञ्चालन गरेको दुई दिने  प्रतियोगितामा १सय ७८ जना खेलाडीहरूको सहभागी रहेको थियो ।

Comment