१२ औं अन्तरमावि कर्णेल जेपिक्रसको क्वाटरफाइनल खेल सम्पन्

कास्की जिल्ला बास्केटबल सङ्घको आयोजनामा पोखरा रड्डशालामा जारी १२ औं संस्करणको अन्तरमावि कर्णेल जेपिक्रस छात्रछात्रा बास्केटबल प्रतियोगिताअन्तर्गत बिहीबार छात्रछात्रतर्फका क्वाटरफाइनल खेल सम्पन्न भएका छन्।
छात्रतर्फको पहिलो क्वाटरफाइनल खेलमा टप्स उमाविले कास्की मोडनाइज एकेडेमीलाई ५३–२६ ले पराजित ग¥यो। सो खेलमा टप्सका सुविन गुरुङले सर्वाधिक २५ स्कोर गरेका थिए। दोस्रो खेलमा मनकामना बोर्डिङ स्कुलले कुमुदिनी होम्सलाई ६३–२३ ले पराजित ग¥यो। सो खेलमा मनकामनाका दिमान पुनले सर्वाधिक २५ स्कोर गरेका थिए।
तेस्रो खेलमा माउण्ट अन्नपूर्ण उमाविले सोसियल पब्लिक स्कुललाई ६५–२६ ले पराजित ग¥यो। सो खेलमा माउण्ट अन्नपूर्णका तारा पुनले सर्वाधिक ३६ स्कोर गरेका थिए। चौथो खेलमा सरस्वती आदर्श विद्याश्रमले बालकल्याण बोर्डिङ स्कुललाई ६४–३० ले पराजित ग¥यो। सो खेलमा सरस्वतीका गोश बस्स्नेतलेसर्वाधिक ३३ स्कोर गरेका थिए।
छात्रातर्फ पहिलो क्वाटरफाइनल खेलमा माउण्ट अन्नपूर्ण उमावि रातोले सोसियल पब्लिक स्कुललाई २०–४ ले पराजित ग¥यो। सो खेलमा माउण्ट अन्नपूर्ण रातोका स्मृति पुनले सर्वाधिक १० स्कोर गरेकी थिइन्।दोस्रो खेलमा टप्स उमाविले सरस्वती आदर्श विद्याश्रमलाई २५–१४ ले पराजित ग¥यो। सो खेलमा टप्स उमाविका शशी चौधरीले सर्वाधिक १२ स्कोर गरेकी थिइन्।
तेस्रो खेलमा ग्लोबल कलेजियट उमाविले बालकल्याण बोर्डिङ स्कुललाई १२–७ ले पराजित ग¥यो। सो खेलमा ग्लोबलका रसना सुनारले सर्वाधिक सात स्कोर गरेकी थिइन्। चौथो खेलमा माउण्ट अन्नपूर्ण उमावि सेतोले कुमुदिनी होम्सलाई ४६–४ ले पराजित ग¥यो। सो खेलमा माउण्ट अन्नपूर्ण उमावि सेतोका कृश्मा पुनले सर्वाधिक २६ स्कोर गरेकी थिइन्।
शुक्रबार छात्रतर्फ टप्स उमावि र मनकामना बोर्डिङ स्कुलबीच पहिलो र माउण्ट अन्नपूर्ण उमावि र सरस्वती आदर्श विद्याश्रमबीच दोस्रो सेमिफाइनल खेल हुनेछ भने छात्रातर्फ माउण्ट अन्नपूर्ण उमावि रातो र टप्स उमाविबीच पहिलो तथा माउण्ट अन्नपूर्ण उमावि सेतो र ग्लोबल कलेजियट उमाविबीच दोस्रो सेमिफाइनल खेल हुने कास्की जिल्ला बस्केटबल सङ्घका अध्यक्ष नेत्रबहादुर सेनले जानकारी दिए।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने छात्रछात्रा टीमलाई जनही पाँच हजार, तीन हजार र दुई हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।

Comment