पोर्चुगल विमानस्थलबाट नेपाली फर्काइएको खबर झुटो, यात्रुको प्लेन छुटेको थियो । 

Manoj Shiama
21 September, 2025 6:43 am

यही मिति १७ सेप्टेम्बर २०२५ का दिन लिस्बन विमानस्थलबाट पोर्चुगलको आवास अनुमति भिसा टिआरसी रद्द गरी पोर्चुगल नै फर्काइएको भनिएको खबर झुटो भएको ठहर भएको छ ।

गैर आवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद्, पोर्चुगलका अध्यक्ष सुजन लामा मोक्तानले एक विज्ञप्ति जारी गर्दै उक्क हल्ला एक अफवाह मात्रै भएकाले त्रिसत नहुनको लागी पोर्चुगलमा रहेका नेपाली समुदाय समक्ष आग्रह गरेका छन् । 

विज्ञप्तिमा उनले भनेका छन्, ‘नेपाली यात्रु र विमानस्थलका अध्यागमन विभागका अधिकारीहरूसँग १८ सेप्टेम्बर देखि निरन्तर यो विषयमा छलफल भयो, त्यस दिन नेपालको यात्रा गर्दै गर्ने क्रममा बोर्डिङ पास लिएर, राहदानी जाँच र प्रस्थानको छाप लगाउने डेस्कमा पुगेसी अध्यागमन विभागका कर्मचारीले नाम परिवर्तित (रितेस पल)लाई केही प्रश्नहरू गरेका रहेछन् । यात्रुहरूको सुरक्षाको लागि अध्यागमन विभागका कर्मचारीहरूले प्रश्नहरू गर्नु सामान्य पनि हो ।  रितेस डिपार्चर प्रस्थानको छाप राहदानीमा लगाएपछि विमान प्रस्थानको गेटमा पुगे पनि टर्किस एयरलाइन्सको उडान पहिले नै प्रस्थान गरिसकेको थियो। यस कारण उडान छुट्न गयो र रितेस घरमा फर्किएको रहेछ,उनले थपेका छन्, ‘उनी प्लेन  छुटेका कारण फर्कनु परेको थियो । त्यसैले, पोर्चुगलवासी नेपालीहरू तपाईँहरूले टिकेट खरिद गरिसक्नु भएको छ भने यसलाई रद्द  

यात्रुको वास्तविक घटना भन्दा फरक घटना तयार पारी पर्यटन क्षेत्रका व्यवसायीहरू र पोर्चुगल निवासी नेपालीहरूलाई त्रसित र दुखित बनाउने सन्देश प्रवाह गरेकोमा उनले त्यस्तो झुटो अफवाह फैलाउनेहरू लाई सत्य तथ्य  बुझेर मात्रै  सूचना दिन राख्न आग्रह गरेका छन् । भ्रम फैलाउने कुनै गिरोह लागेको पनि उनको भनाई छ । ट्राभल व्यवसायी, नेपाली यात्रु महानुभावहरू बिच  एकर्कामा सहकार्य गर्नको लागी पनि उनले आग्रह गरेका छन् ।

गैर आवासीय नेपाली सङ्घ पोर्चुगलको मुख्य उद्देश्य पोर्चुगलबाट नेपाल यात्रा गर्ने नेपाली यात्रुहरूलाई सहयोग गर्नु, उनीहरूको यात्रालाई सुरक्षित, आरामदायी र सहज बनाउनु, पोर्चुगलमा रहनुहुने नेपालीहरूलाई सिपमूलक तालिमको व्यवस्था गर्नु, पोर्चुगिस भाषाको नि सुल्क व्यवस्थाका पहल गर्नु, साथै पर्यटन व्यवसायलाई आत्मविश्वासी बनाउँदै पर्यटन क्षेत्रमा अतुलनीय सहयोग पुर्‍याउनु रहेको अध्यक्षले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

साथै , ठग र दलालहरूको संयोजक दीपा काफ्लेद्वारा लिएको युरो ५० रकम पनि फिर्ता गरिने भएको छ र आगामी दिनमा यसरी पीडित लाई रकम नलिन गैर आवासीय नेपाली सङ्घ पोर्चुगल अनुरोध गर्दछ ।