आत्मा प्रशिक्षक पौडेललाई प्रतिष्ठित राष्ट्रिय सम्मान

अमेरिकन तेक्वान्डो मार्सल आर्ट्स एकेडेमीकी प्रशिक्षक बुसाबुम नम्रता पौडेल लाई अमेरिकन मार्सल आर्ट्स अलायन्सले हु इज हु ब्ल्याक बेल्ट अफ द इयर २०२५ पुरस्कार प्रदान गरेको छ । तेक्वान्डोमा दोस्रो डिग्री ब्ल्याक बेल्ट नम्रताले अनुशासन, नेतृत्व क्षमता र तेक्वान्डोको प्रतिको निष्ठाका कारण परिचित छन् ।
पौडेलले पाएको सो सम्मान उनको व्यक्तिगत उपलब्धि मात्र नभई सम्पूर्ण आत्मा परिवार र भर्जिनिया कमनवेल्थका लागि ऐतिहासिक गर्वको क्षण भएको एकेडेमीले जनाएको छ ।
पौडेलले विद्यार्थी, प्रशिक्षक, आमा, पेसागत महिला र समाजसेवीको भूमिका एकसाथ सम्हाल्दै तेक्वानडोको आत्मा–शारीरिक क्षमता मात्र होइन, मानसिक मजबुती, आत्म–नियन्त्रण र सामाजिक योगदान–लाई अझ गहिरो अर्थमा उजागर गरेको एकेडेमीले जनाएको छ । पौडेलले समुदायमा नयाँ पुस्ताका मार्सल आर्टिस्टहरूलाई प्रेरणा दिँदै तेक्वान्डो जीवन परिवर्तन गर्ने मार्ग भएको सन्देश दिइरहेकी छिन् । पौडेलेको समर्पणले धेरै विद्यार्थीहरूमा आत्मविश्वास, धैर्यता, र सकारात्मक सोच पलाएको एकेडेमीले जनाएको छ ।