भुमि र चन्द्रकला पनि पाचौमा सिमित

शुक्रबार बिहान भएको म्याराथनमा नेपालका भुमि राज राइ पाचौ स्थानमा सिमित भएका छन् । खिम बहादुर खत्री छैटौ भए । २ घन्टा १५ मिनेट १८ दुरी तय गर्दै भारतका नितेन्द्र सिंह रावतले स्वर्ण जिते । यसैगरी, श्रीलंकाका अनीरुद्ध कोरी दोस्रो तथा भारतकै खेटा राम तेस्रो भए । यसैगरी, बिहिबार बेलुका भएको महिला चार गुणा चार सय मिटर रिलेमा नेपाल पाचौ भएको छ । नेपाल भन्दा अघि भारत पहिलो, श्रीलंका दोस्रो बंगलादेश तेस्रो र पाकिस्तान चाथौ भए । भुमिले २ घन्टा ३२ मिनेट २१ सेकेन्ड समय लगाए ।महिला तर्फ पुष्पा भण्डारीले दौड पुरा गरिनन् । स्वरुपा खड्का पाचौ भइन् । स्वरुपाले ३ घन्टा १२ मिनेट ०१ सेकेन्ड समय लगाइन् । पहिलो स्थान पाएकी भारतकी कबिता राउतले २घन्टा ३८ मिनेट ३८ सेकेन्डमा दुरी तय गरिन् । श्रीलंकाका एन जे राजेशकरा दोस्रो तथा बिजेएल अनुराद्धी तेस्रो भए ।
२ सय मिटर पुरुष दौडमा याम साजन सुनुवार सातौ भए । १० हजार मिटर दौडमा बिश्वरुपा बढाले पुरुष १५ सय मिटरमा नेपालका छत्र बहादुर दाहाल सातौ भए । महिलाको १५सय मिटरमा सरस्वती भट्टराइ पाचौ भइन् । पुरुष ट्रिपलजम्पमा चन्द्र देव जोशी छैटौ भए ।
महिला ज्याभलीन थ्रोमा नेपालकी चन्द्रकला लाम्गादे पाचौ स्थानमा रहिन् । उनले ४०.३५ मिटर फ्याकीन् । भारतकी सुमनदेवीले ५९.४५,अनु रानीले ५७.१३ तथा नदीका लक्मालीले ५४.८२ मिटर फ्याके ।

Comment