वङ्गबन्धु म्याराथनमा सात खेलाडी

बङ्गलादेशको ढाकामा हुने वङ्गबन्धु सेख मुजिब ढाका म्याराथनमा ७ नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । ३ पुरुष र ४ महिला गरी ७ खेलाडीले म्याराथन (४२.१९५ किलोमिटर) मा प्रतिस्पर्धा गर्न लागेका हुन् । म्याराथन जनवरी २६ तारिखमा हुँदै छ ।
पुरुष खेलाडीमा १३ औँ दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता किरणसिंह बोगटी, खड्गबहादुर खड्का र प्रकाशसिंह ऐर रहेका छन् । महिलामा पुष्पा भण्डारी, १३ औँ सागकी स्वर्णधारी सन्तोषी श्रेष्ठ, विन्द्राधन्के श्रेष्ठ र सुमित्रा चौधरी छन् । ढाका म्याराथनको विगतका संस्करणमा पुष्पाले २ स्वर्ण र १ कांस्य तथा बिन्द्राले १ कांस्य पदक जितेका छन् । प्रशिक्षकमा राकेश बज्राचार्य रहेका छन् ।

Comment