अझै पाएनन् एसियन क्रस कन्ट्रीका पदक विजेताले पुरस्कार

सन् २०२३ को ७ मार्चमा भएको १६ औ एसियन क्रस कन्ट्री च्याम्पियनसिपमा नेपालले राम्रो उपलब्धि पाएको थियो । सो उपलब्धिका बाबजुद नेपाली खेलाडीहरूले राज्यबाट पाउनु पर्ने पुरस्कार रकम पाएका छैनन् । 

सो च्याम्पियनसिपमा नेपालले पुरुष सिनियरको व्यक्तिगत र टिममा स्वर्ण पदक जितेको थियो । दीपक अधिकारीले १० किलोमिटरमा स्वर्ण पदक जितेका थिए भने दीपक सुहान, राजन रोकाय, सञ्जय श्रेष्ठ, दीपक अधिकारी र मुकेश बहादुर पाल सम्मिलित नेपाली टोलीले स्वर्ण पदक जितेको थियो । पालले व्यक्तिगत तर्फ कास्य पदक पनि जितेका थिए । 

यसै गरी महिला सिनियरमा राजपुरा पछाइले रजत पदक जितेकी थिइन् । पुष्पा भण्डारी, बिन्द्रा धानके श्रेष्ठ, फुलमती राना, रेखा विष्ट । राजपुरा पछाइ सम्मिलित नेपाली टोलीले रजत पदक जितेको थियो  । 

यसै गरी शेर बहादुर अधिकारी, सञ्जय धामी, विकेश घिमिरे र दीपेन्द्र बोहरा सम्मिलित नेपाली टोलीले जुनियर तर्फको कास्य पदक जितेको थियो । 

जुनियर महिला तर्फ राम माया बुढाले रजत पदक जितेकी थिइन् । यसै गरी, राज्यलक्षी रावल, विमला कार्की, समिता बुढा, अन्जु खड्का र राम माया बुढा सम्मिलित टोलीले रजत पदक जितेको छ । 

एसियन क्रस कन्ट्रीको आयोजना गर्दै अन्तर्राष्ट्रिय क्षेत्रमा त्यसको लाभ लिन तल्लीन एथलेटिक्स सङ्घका अध्यक्ष राजीव विक्रम शाहले त्यस पछि सङ्घको कुनै गतिविधिमा चासो दिएका छैनन् । 

Comment