नेपाल भारत भिडन्तमा अनुको उपस्थिती अनीश्चीत

football photo 1

जमुना गुरुंग युग पछिको नेपाली महिला फुटबल टोलीले शुक्रबार तेस्रो साफ च्याम्पियनसिप महिला फुटबल प्रतियोगिताको फाइनलमा भारतसँग प्रतिस्पर्धा गर्दै  छ । इस्लामावादस्थित जिन्ना रगंशालामा दिउँसो एक बजे खेल हुने छ  । साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा लागातर तीन पटक नेपाल भारत फाइनलमा भेट भएको हो ।
पहिलो साफ च्याम्पियनसिपको फाइनल खेलमा नेपाल भारतसँग १­० गोलअन्तरले पराजित भएको थियो भने दोस्रो साफ च्यााम्पियनसिप पनि नेपाल भारतसँग ३­१ गोलअन्तरले पराजित हुदै उपविजेतामा चित्त बुझाउन बाध्य बनेको थियो । यस अघि ढाकामा भएको दक्षिण एसियाली खेलकुदमा पनि फाइनलमा भारतले नेपाललाई ३­१ ले पराजित गरेको थियो । विगतको भन्दा नितान्त फरक स्वरुपमा देखिएको नेपाली टोलीमा यस अघि कप्तान जमुना गुरुंग र उपकप्तान चन्द्रा भण्डारीको महत्वपूर्ण उपस्थिती रहने गरेको थियो ।
विगतका सस्करणमा नेपाल र  भारत दुवै टोलीले अन्य प्रतिद्धन्दीलाई एदर्म फराकिलो अन्तरले हराउने गरेको भए पनि यस पटक अन्य टोली पनि सुधारिएको अबस्थामा देखिएका थिए । जारी प्रतियोगितामा नेपालले एक गोल पनि नखाई १४ गोल गरेको छ । यसैगरी, भारतले एक गोल खादै ३० गोल गरेको छ । भारतले बंगलादेशसँगको खेलमा एक गोल खाएको हो ।    नेपाली टोलीका मुख्य प्रशिक्षक कुमार कटृवालले साफ च्याम्पियनसिपमा दुई पटक उपविजेता बनेको नेपालले यसपटक उपाधि जित्ने कुरामा आशाबादी रहेका छन् ।    उनले भारत बलियो टोली भए पनि नेपाल पनि कककजोर नरहेको प्रतिक्रिया दिए ।
त्यस्तै नेपाली टोलीकी कप्तान अनु लामाले केही महिना अघि मात्र एसियन गेम खेलेकोले भारत नेपाल भन्दा बलियो टिम भएको प्रतिक्रिया दिइन् । उनले आफनो टोली उनीहरु भन्दा केही कम नभएको जिकिर गर्दै नेपाली टोलीको मिडपिल्ड, डिफेन्स, फरवार्ड र गोलकिपर सबै क्षेत्रमा राम्रो भएकाले  भारतलाई  पराजित गर्न कठिनाइ नहुने बताइन् ।
कप्तान अनुको घुडामा चोट भएको कारण फाइनल खेलमा उनको सहभागिता हुने या नहुने यकिन भएको छैन । प्रशिक्षक कटृवालले अनु फिट नभएमा उनको स्थानमा सावित्रा भण्डारीलाई खेलाउने जानकारी दिएका छन् । भारतीय प्रशिक्षक तरुण रोयले भने नेपाललाई पराजित गर्दै साफ च्याम्पियनसिप प्रतियोगिताको उपाधि हासिल गर्ने प्रतिक्रिया दिएका छन् ।

Comment