एनएसकेए कराते सुरु


नेपाल सोतोकान कराते संघको आयोजनामा १२ औं एनएसकेए अन्तर्राष्ट्रिय कराते प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ । प्रतियोगितामा नेपालबाट २ सय ५०, भारतबाट २ सय, बंगलादेशबाट ३ र दुबईबाट २ खेलाडीको सहभागिता रहेको आयोजक संघका महासचिव एवं प्रमुख प्रशिक्षक श्याम शेर्पाले जनाएका छन् ।
प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य दावा गुरुङले एक कार्यक्रमबीच उद्घाटन गरे । शुक्रबार सम्पन्न हुने प्रतियोगितामा ४८ स्पर्धा समावेश छन् ।

Comment