अफगानीस्तानसंग नेपालको हार

cricket logoनेपालले एसीसी अन्डर नाइन्टीन प्रीमीयर लिग क्रिकेट प्रतियोगितामा पहिलो पराजयको सामना गरेको छ । शुक्रबार कुबेतको टेकटाक क्रिकेट मैदानमा भएको खेलमा अफगानीस्तानले नेपाललाई पाच विकेटले पराजित गरेको छ । नेपालले छाडेको १३५ रनको लक्ष्य पछ्याएको अफगानीस्तानले ८४ बल बाकी रहदा पाच विकेटको क्षतीमा १३७ रन जोड्यो । अफगानीस्तानका सलीउद्धाहले ५२ रनको योगदान गरे  । यसैगरी, स्वाकत जमानले २७ रन जोडे । नेपालका प्रेम तामांगले दुइ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिंग गरेको नेपाल ४५ ओभरमा सम्पूर्ण विकेट गुमाउदै १३४ रनमा सिमित भयो । नेपालका लागि योगेन्द्र सिह कार्कीले २३ तथा राजु रिजालले २१ रनको योगदान गरे । नेपाललाई कम योगफलमा सिमित गर्ने क्रममा रसिद खानले नौ ओभरमा २२ रन खर्चीदै चार विकेट लिए ।

Comment