डियाजले डेब्यु गोल गरे पछि वारयनले जित्यो जर्मन सुपर कप
Manoj Shiama
17 August, 2025 6:35 am

हेरी केन र ल्इज डियाजको गोलमा स्टुगार्टलाई २–१ले हराउँदै वायरन म्युनिखले जर्मन सुपर कपको उपाधि जितेको छ । यसै सिजन लिभरपुल छाड वायरन पुगेको कोलम्बियाली विङ्गर डियाजले ७७ औ मिनेटमा दोस्रो गोल गरे । यस अघि १६ औ मिनेटमा इङ्लिस कप्तान केनको गोलमा वायरनले अग्रता लिएको हो । इन्जरी समयमा जेमि लेविलिङले स्टुगार्टका लागि गोल गरे ।
गोल गरे पछि डियाजले कार दुर्घटनामा जीवन गुमाएका डिएगो जोटा र आन्दे सिल्भा प्रति गोल समर्पित गरेका थिए ।