म्याक्सवेलको शानदार ब्याटिङले अस्ट्रेलियाको जित

ग्लेन म्याक्सवेलको शानदार ब्याङिको सहयोगमा अस्ट्रेलियाले दक्षिण अफ्रिका विरुद्धको तेस्रो टी २० मा २ विकेटको जित हात पारेको छ । शनिवार भएको खेलमा दक्षिण अफ्रिकाले दिएको १७३ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले १ बल बाकी रहँदा ८ विकेटको क्षतिमा पुरा गरेको हो । अस्ट्रेलियाका लागि म्याक्सवेलले अविजित रहँदै ६२ रन जोडे । ३६ बलको उनको पारीमा ८ चौका र २ छक्का समावेश थियो । अस्ट्रेलियाका लागि कप्तान मिचेल मार्सले ३७ बलमा ५४ रनको योगदान गरे ।

१८ ओभर सकिँदा अस्ट्रेलियाका लागि १२ रन आवस्यक थियो भने ६ विकेट बाँकी नै थियो । करबिन बस्कको सो ओभरमा अस्ट्रेलियाले २ रन थप्दै २ विकेट गुमाए पछि अन्तिम ओभरका जितका लागि १० रन आवस्यक थियो । लुङ्गी एनिगिडीको ओभरमा म्याक्सवेलले पहिलो बलमा २ रन जोडे भने दोस्रो बलमा चौका प्रहार गरेका हुन् । तेस्रो र चौथो बल डट भएको थियो भने पाँचौँ बलमा उनले चौका प्रहार गर्दै खेलको अन्त्य गरे ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ७ विकेटको क्षतीमा १७२ रनको मध्यम स्कोर खडा गरेको थियो । घरेलु टोलीका लागि डेवाल्ड ब्रेभिसले २६ बलमा ५३ रनको योगदान गरे । उनको पारीमा १ चौका र ५ छक्का प्रहार गरे । अन्य कुनै पनि दक्षिणी ब्याटरले छक्का प्रहार गर्न सकेनन् । रुसेन भान डेर डुसेन ३८ बलमा अविजित रहे । अस्ट्रेलियाका नाथन इलिसले ३ विकेट लिए । यसै गरी, एडम जाम्पा र जोस हजेलउडले दुई विकेट लिए । दक्षिण अफ्रिकाका ब्रेभिसलाई म्याक्सवेलले इलिसको बलमा शानदार क्याच लिएका थिए ।

यो जित सहित अस्ट्रेलियाले २–१ ले शृङ्खला कब्जा गरेको छ ।
