ग्रीष्मालाई फुटसल उपाधि

ग्रीष्मा मल्टीपर्पज को–ओपरेटिभले ‘जेन्टलम्यान किक’ प्रथम कर्पोरेट फुटसल प्रतियोगिताको उपाधि शनिबार जितेको छ । नयाँबजारस्थित रिभर फिल्ड फुटसलमा भएको फाइनलमा ग्रीष्माले आईएमइ ग्रुपलाई ३–१ गोलले पराजित ग¥यो । ग्रीष्माका सिजन गुरुङले २ तथा सन्देश पाण्डेले १ गोल गरे । आईएमइका किरण गुरुङले १ गोल फर्काए । विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार पाए ।
प्रो स्पोर्ट्सद्वारा आयोजित प्रतियोगितामा सिजन गुरुङ उत्कृष्ट खेलाडी तथा नेत्रबहादुर श्रेष्ठ उत्कृष्ट गोलरक्षक चुनिए । प्रतियोगिताभर ८ गोल गरेका आईएमइका किरण गुरुङ सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा रहे । नेपाल ओलम्पिक कमिटीले अनुशासित टिमको ट्रफी हात पा¥यो ।
विजेतालाई अखिल नेपाल फुटबल संघ (एन्फा) का सदस्य दावा कुङ्गा लामा, नेपाल ओलम्पिक कमिटीका सदस्य निलेन्द्रराज श्रेष्ठ, प्रो स्पोर्ट्सकी कार्यकारी निर्देशक बागमती राईलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । एकदिने प्रतियोगितामा ८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

Comment