रोड रेसमा गजेन्द्र र विश्वरुपालाई उपाधि,अनु दौडमा पहिलो

पाँचौ ओपन रोड रेसमा विभगाीय त्रिभुवन आर्मी क्लबका गजेन्द्र राई र विश्वरुपा बुढाले उपाधि जितेकी छन् । शनिबार बिहान भएको रोड रेसमा आर्मीका गजेन्द्रले निर्धारित ५ किलोमिटर दुरी १५ मिनेट २७ दशमलब २५ सेकेण्डमा पुरा गर्दै उपाधि हात पारे । आर्मीकै हरि कुमार रिमाल दोस्रो तथा अआर्मीकै टिकाराज कटुवालले तेस्रो स्थान हात पारे । हरिले निर्धारित दुरी १५ मिनेट ३५ सेकेण्डमा पुरा गर्दा टिकाराजले १५ मिनेट ३५ दशमलब ५० सेकेण्डमा दुरी पार गर्दै तेस्रो स्थान हात पारे । महिला खुल्लातर्फ आर्मीकी विश्वरुपा बुढाले निर्धारित ५ किलोमिटर दुरी १८ मिनेट १ दशमलव ६६ सेकेण्डम पुरा गर्दै च्याम्पियन बनिन् । दोस्रो भएकी धादिङकी सन्तोषी श्रेष्ठले १८ मिनेट २० दशमलव २९ सेकेण्डमा दुरी पुरा गरिन् । विभागी नेपाल पुलिस क्लबकी राजपुरा पचहाईले १८ मिनेट ३२ दशमलव २० सेकेण्डम दुरी पार गर्दै तेस्रो स्थान हात पारिन् । खुल्लातर्फको पुरुष र महिलातर्फको विजेताले समान २५ हजार रूपैया हात पारे । दोस्रो भएकाले १५ हजार रूपैया तथा तेस्रो भएकाले समान १०–१० हजार रूपैया पाए । ब्वाइज ओपनमा सन्तोषनाथ योगी पहिलो, नविन कार्की दोस्रो र आलोक थापाले तेस्रो स्थान हात पारे । गल्र्स ओपननमा विनिता स्याङतेनले पहिलो, विलाक्षी गौतमले दोस्रो र एलिना केसीले तेस्रो स्थानहात पारिन् । विजेताले १० हजार रूपैया, दोस्रोले ५ हजार तथा तेस्रो भएकाले २ हजार ५ सय रूपैया पाए । अल्मुनाईतर्फ पुरुषमा पेम्वा शेर्पा र महिलामा रविना श्रेष्ठ च्याम्पियन बने । उनीहरुले समान १०–१० हजार रूपैया पाए ।

इन हाउस शिक्षक तथा अभिभावकतर्फको महिलामा राष्ट्रिय कराते खेलाडी अनु अधिकारीले पहिलो स्थान हात पारिन् । सुनिता राई दोस्रो तथा करातेकी नै तार गुरुङले तेस्रो स्थान हात पारिन् । पुरुषतर्फ भेग बहादुर पहारी, किरण राई र निमा दोर्जे लामा क्रमश पहिलो, दोस्रो र तेस्रो भए । विजयी खेलाडीहरुलाई प्रदेश नम्वर ३ का सरकार अनुराधा कोइराला, पुर्व सभासद् गीता राणा, स्कुलकी प्रिन्सिपल बीना बानु र स्कुलका प्रवन्ध निदर्शेक शाकिर उद्धिनले पुरस्कृत गरेको मन्डेकाजी श्रेष्ठले जानकारी गराए । सोही अवसरमा विश्व बडिबिल्डिङ च्याम्पियनसिपमा नेपालाई स्वर्ण दिलाएका महेश्रर महर्जनलाई २५ हजार रूपैयासहित विशेष सम्मान गरिएको मन्डे काजी श्रेष्ठले जानकारी गराए । करिव १ हजार जना धावकले प्रतिस्पर्धा गरेको म्याराथन प्यारागन स्कुल प्राङ्गण तिलगङ्गाबाट शुरु भए र गौशला, बत्तिसपुतली, पुरानो बानेश्वर, सिनामङ्गल, एयरपोर्ट हुँदै स्कुल प्राङगणमा आएर टंगिएको थियो ।

Comment