टेबलटेनिस खेलाडीलाई सामाग्री हस्तान्तरण

राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत प्रदेश ३ ले जुनियर टेबलटेनिस खेलाडीलाई खेल सामाग्री आइतबार वितरण गरेको छ । राखेपका सदस्य एवं प्रदेश ३ का संयोजक सुदिल शाही र कार्यालय प्रमुख लीलाराम बस्नेतले करिब ५५ खेलाडीलाई एक कार्यक्रमबीच खेल सामाग्री हस्तान्तरण गरे । अब त्यत्तिनै संख्यामा खेलाडीलाई सामाग्री वितरण गर्न बाँकी रहेको बताइएको छ ।
जापानका भेट्रान टेबलटेनिस खेलाडीद्वय सिजोओ मियाकी र वातानाबेबाट सहयोग स्वरुप प्राप्त खेल सामाग्री खेलाडीलाई वितरण गरिएको हो । खेलाडीलाई वितरण गर्नुअघि मियाकीले करिब २ लाख २५ हजार तथा वातानाबेले बल सहयोग स्वरुप संयोजक शाहीलाई प्रदान गरेका थिए ।

Comment