टेबल टेनिसका शङ्करको नयाँ इतिहास

चीनको ह्वाङझाउमा जारी १९ औ एसियाली खेलकुद अन्तरगतको टेबल टेनिसका पुरुष स्पर्धाका पदक विजेता खेलाडीलाई वरिष्ठ नेपाली टेबल टेनिस प्रशिक्षक तथा एसियाली टेबल टेनिस युनियनका उपाध्यक्ष शंकर गौतमले पुरस्कार प्रदान गरे । ७३ वर्ष लामो इतिहासमा एसियाली खेलकुदको टेबल टेनिस इतिहासमा पुरस्कार तथा पदक वितरण गर्ने शंकर पहिलो व्यक्ति हुन् । 

दक्षिण एसियाली टेबल टेनिस महासङ्घका महासचिव समेत रहेका गौतमको यो नयाँ उपलब्धि हो ।  

Comment