जेभियरको बराबरी

 सेन्ट जेभियर्स स्कुल, जावलाखेलले २३ औं फादर मोरान स्मृति आमन्त्रण अन्तरविद्यालय फुटबल प्रतियोगितामा बुधबार बराबरी खेलेको छ ।  जेभियर्सले नेपाल डन बस्को स्कुल, लुभु संग १ – १ गोलको बराबरी खेलेको हो । जेभियरका प्लेयर अफ दि म्याच श्रीयांस गुरुङ्ग र डनबस्कोका सुमन घलेले गोल गरे ।

त्यस्तै दोश्रो खेलमा चाँदबाग स्कुलले ईडेन गार्डेन स्कुललाई २ – ० ले पराजित ग¥यो । चाँदवागका प्रविन रोक्का र सचिन मगरले गोल गरे । चाँदवागका विशेष पोखरेल प्लेयर अफ दि म्याच घोषित भए । यसै गरि गोदावरी रेसिडेन्ट स्कुलले डलफिन ईङ्गिलिस स्कुललाई १ – ० ले पाखा लगायो । गोदावरीका प्रतिक राईले गोल गर्दै जित दिलाए । उनी प्लेयर अफ दि म्याच पनि चुनिए ।

 

Comment