तेस्रो हेलम्बु म्याराथनको उपाधि किरण कुलुङलाई

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा खेलकुद पर्यटन बिकास गर्ने उद्देश्यले आयोजना गरिएको तेश्रो हेलम्बु म्याराथनको उपाधी किरण थुलुङले जितेका छन् । ४२ किलोमिटर दूरीको म्याराथन किरणले ४ घन्टा ३२.३० मिनटमा पुरा गरे ।
मंगलबार भएको म्याराथनमा सुमन कुलुङ दोस्रो तथा सन्तोष खालिङले तेस्रो स्थान हासिल गरेका छन् । सुमनले उक्त दूरी ४ घन्टा ३८.४५ मिनटमा र सन्तोषले ५ घन्टा ५२.३० मिनटमा पुरा गरे । शीर्ष तीन स्थानमा रहनेले क्रमसः २५, १५ र १० हजार पुरस्कार पाएका छन् ।
यस्तै उत्कृष्ट पाँच स्थान हात पार्ने अन्य खेलाडीहरुले पनि जनही ५ हजार प्राप्त गरे ।
प्रतियोगिता अन्तरगतनै भएको भेट्रान्स तर्फ गंगा लाल तामाङ्गले पहिलो स्थान हात पारे । उनले ४२ कि.मि.को दूरी ५ घन्टा २६.५० मिनटमा पुरा गरे । भिम बहादुर गुरुङ्ग ५ घन्टा ५०.४७ मिनटका साथ दोश्रो र दावा जाङमु शेर्पा ६ घन्टा ४५ मिनटका साथ तेश्रो भए । उनीहरुले क्रमशः १० हजार, ८ हजार र ५ हजार प्राप्त गरे ।
म्याराथनको रुट हेलम्बु गाउँपालिकाको २४७४ मिटर उचाइमा अवस्थित कुटुङसाङबाट सुरु भइ २५६० मिटर उचाइमा अवस्थित सेर्माथाङसम्म निर्धारण गरिएको थियो । फुल म्याराथनमा १८ पुरुष र ३ महिलाले सहभागिता जनाएका थिए ।
छात्र र छात्रा विच भएको ५ कि.मि.को दौडमा छात्र तर्फ सागर श्रेष्ठले बाजी मारे । उनले २४.११ मिनटनमा दूरी पुरा गरे । २४.४९ मिनटका साथ दावा दोर्जे ह्योल्मो दोश्रो र २८.५३ मिनटका साथ प्रविन बोहरा तेश्रो भए । छात्रा तर्फ निमा डोल्मा ह्योल्मोले ३७.३३ मिनटका साथ पहिलो स्थान हात पारिन् । दोश्रो स्थानमा रहेकी श्रेशान सिल्पकारले ३७.४४ र तेश्रो स्थानमा रहेकी प्रकृती सुवालले ३८.१७ मिनटका साथ दूरी पुरा गरे । उत्कृष्ट शिर्ष तिनले नगद ५ हजार, ३ हजार र १ हजार प्राप्त गरे ।
प्रतियोगिताको ५ कि.मि. खुला तर्फको प्रतिस्पर्धामा पुरुष तर्फ पेम्बा टासी ह्योल्मोले २५.०७ मिनटका साथ पहिलो भए । यस्तै दावा लामा ३१.२६ र निनो शेर्पा ३२.२० मिनटका साथ दोश्रो र तेश्रो भए । महिला तर्पm एकल प्रतिस्पर्धा गरेकी रेखा बिष्टले २७.५० मिनटमा दूरी पुरा गरिन् । पहिलो, दोश्रो र तेश्रोले क्रमशः ५ हजार, ३ हजार र २ हजार प्राप्त गरे ।
म्याराथनसँगै पाँच किलोमिटरको वाकाथन आयोजना गरिएको थियो । त्यस्तै कल्चर र फुड फेष्टिबलको पनि आयोजना गरिएको थियो ।
स्थानीय छिरिङ लामाको एकल प्रयासमा तीन संस्करणसम्मको म्याराथन आयोजना भएको छ । लामा सन् २००५ को एभरेष्ट म्याराथनका विजेता हुन् ।

Leave A Response