काव्य स्काउट कपको पहिलो चरण सम्पन्न
Manoj Shiama
14 August, 2025 3:54 pm

दोस्रो काव्य स्काउट कप अन्तर विद्यालय फुटबल प्रतियोगिताका पहिलो चरणका खेल सम्पन्न भएको छ । शान्तिनगर फुटसलमा जारी ३ दिने प्रतियोगितामा सहभागी टोलीबाट क्वार्टर फाइनल प्रवेश गने टोलीको टुङ्गो लागेको छ ।
बिहीबार भएको खेलमा सफलता पाउँदै समूह सी बाट पुष्पाञ्जली पहिलो तथा भानोदय दोस्रो भए । पुष्पाञ्जलीले ६ तथा भानोदयले ३ अङ्क हात पारे ।
समूह डीमा अक्षरा ६ अङ्क सहित पहिलो तथा भानोदय बी ३ अङ्क सहित दोस्रो भए ।