सदिना र सरोजको सफलता

प्रशंषापत्र ग्रहण गर्दै लामा टेन्डी शेर्पा


जर्मनीको लिपेजीङ बिश्वविद्यालयबाट नेपालका दुइ खेल ब्यक्तित्वले ग्रेजुएसन गरेका छन् । नेपाल ओलम्पिक कमिटीका महासचिव तथा राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष लामा टेन्डी शेर्पाले दिएको जानकारी अनुसार नेपाली महिला बास्केटबल टोलीकी कप्तान सदिना श्रेष्ठले बास्केटबलमा तथा विराटनगरका सरोज लम्सालले स्पोर्ट्स म्यानेजमेन्टमा २०१७÷१८ को आइटीके कोर्ष पुरा गरेका हुन् ।
बिश्वविदालयले आयोजना गरेको समारोहमा नेपाल ओलम्पिक कमिटीका महासचिव शेर्पालाई लिपेजीङ विश्वविद्यालयले डिन मार्टिन तथा प्रबन्ध निर्देशक डानीयल निकर्टको उपीश्थतीमा खेलकुद प्रशिक्षण र खेलकुद ब्यबस्थापनमा दशक भन्दा बढी समयको योगदानको कदर गर्दै प्रसंशापत्र प्रदान गरेकोे छ । सो अबसरमा नेपाललाई थप छात्रबृत्तीको प्रतिबद्धता दिइएको थियो ।

Comment