गोल्डेन गेट र बुढानीलकण्ठ च्याम्पियन


गोल्डेन गेट र बुढानीलकण्ठ समृद्धि यु–१९ राष्ट्रिय बास्केटबल प्रतियोगितामा मंगलबार च्याम्पियन बनेका छन् । गोल्डेन गेट पुरुष तथा बुढानीलकण्ठ महिलामा च्याम्पियन भए । बुढानीलकण्ठको पुरुष टोली फाइनल पुगे पनि उपाधि भने जित्न सकेन ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको पुरुष फाइनलमा गोल्डेन गेटले बुढानीलकण्ठलाई १००–८८ ले पराजित ग¥यो । गोल्डेन गेटका नुकेश मगरले २८ स्कोर गरे ।
समृद्धि स्कुलको सहकार्यमा नेपाल बास्केटबल सङ्घद्वारा आयोजित प्रतियोगिताअन्तर्गत महिलाको उपाधि भिडन्तमा बुढानीलकण्ठले आईएसए नेपाललाई २८–१८ ले हरायो । विजयी टिमका लागि रिन्चेन मोक्तानले १९ अङ्क जोडिन् । पुरुष÷महिला दुवैमा पहिलो हुनेले ३० हजार तथा दोस्रोले १५ हजारका दरले नगद पुरस्कार पाए ।
फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय नुकेश र रिन्चेन ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । दुवैले जनही ५ हजार नगद पुरस्कारका साथै ५ हजार रुपैयाँ बराबरको गिफ्ट ह्याम्पर प्राप्त गरे ।
विजेतालाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, आयोजक सङ्घका अध्यक्ष भीमसिंह गुरुङ, आयोजक सङ्घका महासचिव नरेन्द्र थापालगायतले एक कार्यक्रमबिच पुरस्कृत गरे । पुस ३ गतेदेखि सुरु प्रतियोगिताको पुरुषमा २० तथा महिलामा ५ टिम सहभागी थिए ।

Comment