ललितपुर, पोसिलो , आईआईएमएस र आईएसए सेमिफाइनलमा 

नेपाल बास्केटबल सङ्घ र थ्री एक्स थ्री नेपाल बास्केटबलको संयुक्त आयोजनामा भइरहेको खुल्ला थ्री एक्स थ्री बास्केटबल प्रतियोगितामा महिलातर्फ सेमिफाइनल र पुरुषतर्फ क्वार्टर फाइनल समीकरण पूरा भएको छ । 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सेमी कभर्डहलमा भइरहेको प्रतियोगितामा महिलातर्फ समूह ए बाट ललितपुर ए र पोहिलो नेपाल सेमिफाइनल पुगेका छन् भने समूह बी बाट आईआईएमएस र आईएसए नेपाल सेमिफाइनल पुगेका छन् । 

अब सेमिफाइनलमा ललितपुर ए ले आईएसए नेपाल तथा आईआईएसएमले पोसिलो नेपालसँग खेल्नेछ । 

यस्तै पुरुषतर्फ आइतबारको खेलपछि क्वार्टर फाइनल पुग्ने ८ वटै टोलीको टुङ्गो लागेको छ । 

विभागीय टोली आर्मीको ए, बी र सी टोलीसहित हाउण्ड्स एकेडेमी ए, टाइम्स ए, बङ्गलादेश नेभी, बीएमके क्लब,  र ललितपुर बी अन्तिम आठमा पुगेका हुन् । 

प्रि क्वार्टर फाइनलमा आर्मी ए ले ललितपुर ए लाई २१–१५ ले, आर्मी बी ले हाउण्ड्स एकेडेमी सी लाई २१–८ ले र आर्मी सी ले कीर्तिपुरलाई २१–१७ ले हरायो । 

यस्तै हाउण्ड्स एकेडेमी ए ले टाइम आउट बी लाई २१–१० ले, टाइम्स ए ले टाइम आउट ए लाई २१–१७ ले, बङ्गलादेश नेभीले  टाइम्स बी लाई २१–१८ ले, बीएमके क्लबले इन्डपेन्डेन्ट युनिभर्सिटी बङ्गलादेशलाई २१–२० ले तथा ललितपुर बी ले बर्न टु हुपलाई २१–१९ ले हरायो । 

अब पुरुषको क्वार्टरफाइनल, सेमिफाइनल र फाइनल तथा महिलातर्फको सेमिफाइनल र फाइनल खेल सोमबार हुनेछ । 

पुरुषतर्फ ३२ तथा महिलातर्फ ८ गरी ४० टिमको सहभागिता रहेको प्रतियोगिताको पुरुष विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार पाउने छन् । यस्तै महिलामा विजेताले ५० हजार र उपविजेताले नगद २५ हजार पुरस्कार पाउनेछन् । पुरुष र महिला दुवैमा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित हुनेलाई जनही १५–१५ हजार नगदबाट पुरस्कृत गरिने छ ।

Comment